Loading... आजः बुधबार, जेष्ठ १७, २०८०
Trending

जाजरकाेट एमालेकाे मिसन ग्रासरुट : गाउँ–गाउँमा संगठित हुँदै एमाले कार्यकर्ता

जाजरकाेट,१ चैत्र ।  नेकपा एमाले जाजरकाेटले फागुन १० गते देखि सुरू गरेकाे २ महिने मसिन ग्रास रुट अभयिानले कार्यकर्तामा उत्साह जागृत गरेको छ । आम जनतामा चुनाव सम्पन्न भएपश्चात पहिलोपटक एमाले गाउँ पसेकाेले स्थानीयमा उत्साह छाएकाे छ । पार्टी सुदृढीकरण र वस्तिारका लागि एमालेका केन्द्रीय स्तरका नेताहरु जाजरकाेटका गाउँ बस्तीमा ब्यस्त रहेका छन् ।
एमाले सत्तामा हुदा कामबाट अब्बल बन्ने र प्रतपिक्षमा हुदा जनताको पक्षमा दबाब सिर्जना गर्न  जनताकाे बिचमा गएकाे पार्टी अध्यक्ष खिम बहादुर शाहीले बताए । मशिन ग्रासरुट अव हुने निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउन सक्ने उनकाे दाबी छ । एमालेले हरेक जनताका घरमा पुगेर संगठन मजवुत पार्ने नेकपा एमालेका पार्टि उपसचिव गाेपाल नेपालीले बताए । समृद्ध नेपाल , सुखी नेपाली एमालेको परकिल्पनालाई साकार पार्न ग्रास रुट अभयिानले कोशेढुंगा साबति हुने उनले बताए ।

No description available.

पार्टीको ग्रास रुट अभयिान जिल्लाभर उत्साह पुर्वक भएको नेपालीले बताए ।  मंगलवार मात्र भेरी नगरपालि ५ मा कार्यकर्ता भेला सम्पन्न गरेकाे छ ।कर्णाली प्रदेश कमिटि सचिवालय सदस्य धुर्वकुमार शाहीकाे प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

No description available.

कार्यक्रमबाट तिन ओटा टाेल कमिटि गठन गर्ने निर्णय गरिएकाे छ । जसमा चैत्र ३ गते साल्टाकुरा टोल कमिटि,४ गतर् छिप्रेना र ६ गते डम्बर टोल कमिटि गठन गर्ने निर्णय भएकाे प्रदेश कमिटि सदस्य सरिता वलीले बताइन । कार्यक्रमले ५ नम्बर वडा भित्रका पुराना सदस्यहरुकाे नविकरण तथा नयाँकाे बितरणका लागि समेत निर्णय भएकाे छ ।


ताजा समाचार