जन्म दिनकाे उपहार विमा पोलसी
जाजरकोट १,चैत्र । सन्ततीको सुनौलो र उज्वल भविष्यको चाहाना सदैव आमाबुवाले राखेका हुन्छन । पछिल्लो समय जन्मदिन,विवाह,उत्सव, तथा विभिन्न चाडपर्वमा सुन,गहना तथा जिन्सी सामान उपहार दिने प्रचलनलाई विस्तारै छोडदै जिवन विमा पोलीसी उपहार दिने प्रचलन बढदै गएको छ ।
सल्यानकाे दार्माकोट गा.पा.०६ का उमेश चन्द र निर्मला कार्कीले छाेरालाइ बिमा पाेलसी उपहार दिएका छन् । मंगलवार चन्द परिवारले आफुले सानो बचत गरी जम्मा गरेकाे रकमवाट छोरालाई उपहार जिवन विमा गरेकाे सुर्यज्योतीलाइफइन्स्योरेन्स कम्पनी लिमिटेड जाजरकोट शाखावाट जारी गरी शाखाप्रमुख सरस्वतीगिरीले बताइन ।
बालबालिकाकाे पालन पोषण,शिक्षा,दिक्षा,विवाह,वर्तबन्ध आदी अविस्मरणीय रहोस भन्ने इच्छा सवै अभिभावकहरुको हुन्छ । छोराछोरीको जन्मदिन एक अमुल्य क्षण हुन्छ । यसै क्षणलाई यादगर बनाउन जिवनमा आई पर्न सक्ने जोखिम बहन गर्न बिमा गरेकाे उनलेबताइन ।
चन्द परिवारले छाेराकाे जन्मदिनमा शुभकामना सहित सुर्यज्योती सुनौलो भविष्य जिवन विमा योजना अन्तरगत रु ५ लाखको जिवन विमा गरिदिएका हुन ।उक्त बिमा पोलीसी सुर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड जाजरकोट शाखावाट जारी गरीएकाे छ ।
शाखा प्रमुख गिरीले जन्म दिन मनाउने कार्यक्रममै गएर हस्तान्तरण गरेकि थिइन । जिवन विमाले जोखिम बहन गर्नुका साथै भविष्यको लागी वचत पनि हुने भएकाले जन्म दिन विवाह तथा चाडपर्वहरुमा विमा पोलिसी उपहार दिने एक नौलो र उत्कृष्ट अभियान अहिले चलेको देख्दा जिवन विमाको महत्व प्रति जनमासमा सचेतना वढेको छ। विमा गर्दा जिवनमा आउने विपत्ति र आर्थिक समस्याको भार न्युन गर्ने भएकाले समयमा छोराको जिवन विमा गरेको आमा निर्मला काकीले वताइन ।