ट्राफिक प्रहरी जाजरकाेटकाे सकृयता, एक महिनामा ३ लाख राजश्व संकलन
जाजरकाेट । जिल्ला ट्राफिक कार्यालय जाजरकाेटले एक महिनामा ३ लाख राजश्व संकलन गरेकाे छ । कार्यालयले नियम बिपरित सञ्चालन भएका सवारी साधनवाट फागुन महिनामा ३ लाख ५३ हजार ५ सय राजश्वय संकलन गरेकाे कार्यालय प्रमुख बिजय पुनले बताए ।
कार्यालयले एक महिना भित्र ४ सय ८५ वटा सवारी साधनबाट रकम संकलन गरेकाे कार्यालयले जनाएकाे छ । दैनिक सवारी चाँपका कारण दुर्घटना बढ्दै गएकाे जाजरकाेटमा फागुनमा शुन्यमा झरेकाे छ । जिल्ला भरीकाे तथ्याङ्क हेर्दा फागुनमा कुनै अप्रीय घटना नघटेकाे प्रहरीले जनाएकाे छ ।
ट्राफिक कार्यालयका अनुसार ३४ वटा बसलाई कारबाही गर्दा २३ हजार राजस्व संकलन भएको हो ।
त्यसैगरी ७६ वटा जिप कार भेन कारबाहीमा पर्दा ५३ हजार , ४३ वटा ट्याक्टर कारबाहीमा पर्दा ३२ हजार,र मोटरसाइकल २ सय २७ वटा कारबाहीमा परेका थिए जसमा १ लाख ६४ हजार,ट्रक १ सय ५ कारबाहीमा पर्दा ८१ हजार ५ सय , राजस्व संकलन ट्राफिक प्रहरी प्रमुख पुनले जानकारी दिएका छन् ।
जिल्लामा भाैगाेलिक बिकट्ता संगै बढ्दाे सवारी चाँपका कारण दुर्घटना बढ्दै गएपनी फागुनमा यस्ता घट्ना राेख्न सफल भएकाे ट्राफिक प्र स हवल्दार बेद बहादुर रावतले बताए । मादकपदार्थ सेवन गरी सवारी चलाउने, तोकिएको भन्दा बढी भाडा लिनेल,सिट क्षमता भन्दा धेरै यात्रु बाेक्ने, लगायतका सवारी साधनबाट राजश्व सङ्कलन गरेको रावतले बताए ।