एमाले जाजरकोटकाे जिल्ला स्तरीय अभिमुखिकरण कार्यक्रम
जाजरकोट । नेकपा एमाले जाजरकोटकाे जिल्ला स्तरीय अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा कार्यक्रम सुरु भएको नेकपा एमाले जाजरकोटले जनाएको छ । जिल्लाका अगुवा नेता कार्यकर्ताहरुकाे सहभागीतामा कार्यक्रम सञ्चालन भएको नेकपा एमाले जाजरकोटका उप-सचिव गाेपाल नेपालीले बताए ।
नेकपा एमाले पार्टीले देशव्यापी रुपमा दुई महिने ‘मिसन ग्रास रुट’ अभियान संचालन गरेको कार्यक्रम अन्तर्गत जाजरकोट केन्द्रीय सचिव याेगेश भट्टराईकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सुरु भएको नेपालीले बताए । पार्टी तथा जनवर्गिय संगठनहरु सुदृढिकरण तथा विस्तार गर्न लागि नेकपा एमाले जिल्लाका सातै स्थानीय तहमा जाने भएको छ ।
नेकपा एमालेले अगाडी सारेको जनताको बहुदलिय जनवाद बैचारिक श्रेष्ठतालाई नयाँ उचाईमा पुर्याउने नेकपा एमाले जाजरकोटका अध्यक्ष खिम बहादुर शाहीले बताए । विगत निर्वाचनको मसिनो समिक्षा तथा कार्यकर्ता बिच भेटघाटको वातावरण भएको उनले बताए । दुई महिने अभियानमा नेकपा एमालेले देशव्यापी रुपमा १० लाख ९२ हजार पार्टी सदस्यहरुलाई परिचालन गर्ने लक्ष्य लिएको छ ।
पार्टीले संचालन गरेको दुई महिने ‘मिसन ग्रास रुट’ अभियानमा जाजरकोट जिल्लाको नेतृत्व पार्टी पोलिट व्युरो सदस्य लक्ष्मी प्रसाद पोखरेलले गरेका छन् । त्यसैगरी पार्टी केन्द्रिय सदस्य राज बहादुर वुढा, तिर्था गौतम, चन्द्र प्रकास घर्तीले सातै पालिकाहरुको नेतृत्व गरेर अभियान संचालन गर्ने कार्यक्रम रहेको अध्यक्ष शाहीले बताएका छन् । ७७ वटा वडा र ७ वटा पालिका रहेको जाजरकोट जिल्लामा ८ हजार ३०७ पार्टी सदस्यहरुलाई परिचालन गर्ने लक्ष्य रहेको अध्यक्ष शाहीले जानकारी दिए ।