आत्मा हत्या दुरुत्साह कसूरमा वडा अध्यक्ष पक्राउ
जाजरकोट,१ फागुन ।
जाजरकोटमा एक वडा अध्यक्ष आत्महत्या दुरुत्साहन कसुरमा प्रहरीले पक्राउ गरेको छ । सोमबार भेरी नगरपालिका ६ का वडा अध्यक्ष शसि बुढालाइ प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । श्रीमति भावना घर्ती बुढालाई आत्महत्या गर्न बाध्यपारेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको प्रहरी प्रमुख सन्तोष रोकाले बताए ।
नेपाली काग्रेस भेरी नगर कार्य समितिका सभापती समेत रहेका बुढालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भएको प्रहरीले जनाएको छ । बुढाकी श्रीमति माघ २९ गते बिहान भेरी नगरपालिका ४ आफनै घरमा झुण्डी रहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
दैनिक यातना दिदै आएको सत्यतत्थ्य छानबिन हुनुपर्ने माग सहित पिडितले सब बुझन मानेका थिएनन् । सोमबार प्रहरीले बुढालाई नियन्त्रण गरे संगै आफनतीले शब बुझेका थिए । आत्म हत्या दुरुत्सान कसुरुमा भावनाका बुवा सूर्य बहादुर घर्तीले सोमबार प्रहरीमा जाहेरी दिएका थिए ।
मृतकका बुबा घर्तीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि ज्वाई बुढा पक्राउ परेका हुन् । आत्महत्य दुस्सान सम्वन्धी उजुरी परेको प्रहरीले जनाएको छ । घटनालाई मिलाउनका लागि नेपाली कांग्रेसको जिल्ला स्तरिय टिम लागेको स्राेतले जनाएकाे छ । वडाध्यक्ष बुढाकी मृतक कान्छी श्रीमती हुन् । वडाध्यक्ष बुढालाई प्रहरीले पक्राउ गरेपछि मात्र आज सव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा लिइएको छ । बुढा यो भन्दा पहिला पनि जुवातास खेलेको आरोपमा पक्राउ परेका थिए ।