चाैथाे राष्ट्रपति रनिङ शिल्ड शिवशंकर मा.विलाइ (फाेटाे फिचर)
टुकमाया घर्ती
माघ२६ बिहीबार जाजरकोट शिवशंकर माध्यमिक विद्यालयले सिल्ड आफ्नो हातमा पार्न सफल भएको छ । ११स्वर्ण ५रजत र ५कास्यसहित प्रथम स्थान हासिल गरेकाे छ भने दाेस्राे स्थान ओगट्न सफल भेरी त्रिवेणी माध्यमिक विद्यालय रिम्नाले ६स्वर्ण ५रजत र ५कास्य प्राप्त गरेकाे छ। तृतीय स्थान ल्याउन सफल भगवती माध्यमिक विद्यालय कुदुले५स्वर्ण ५रजत ४कास्य हात पारेकाे हाे।सान्तवनामा त्रिभुवन माध्यमिक विद्यालयले ४स्वर्ण,४रजत,४कास्य प्राप्त गरेको थियो । जम्मा ८९मेडलका लागि खेलहरु खेलाइएको थियो ।
जसमा २९स्वर्ण, २९ रजत र ३१कास्य रहेको थियो ।माघ२२गतेदेखि२६गतेसम्म गरि जम्मा ५दिनसम्म खंलगामा विभिन्न खेलकुद सञ्चालन गरिएको थियाे। भेरी नगरपालिका विद्यालयस्तरीय रनिङ सिल्डकाे प्रतियोगितामा १० विद्यालयकाे सहभागी रहेकाे थियोे ।
जसमा सरस्वती माध्यमिक विद्यालय पुन्मा,भेरीत्रिवेणी माध्यमिक विद्यालय रिम्ना,त्रिभुवन माध्यमिक विद्यालय खंलगा,शिवशंकर भवन माध्यमिक विद्यालय जगतीपुर,शिव माध्यमिक विद्यालय कालेगाउँ,लक्ष्मी माध्यमिक विद्यालय पुन्मा, दिपेन्द्र माध्यमिक विद्यालय भुर,विजय माध्यमिक विद्यालय काफलचाैर,शिव शंकर भवन माध्यमिक विद्यालय बाहुनथाना,र भगवती माध्यमिक विद्यालय कुदु रहेका थिए।कार्यक्रममा खेलाडीहरू र खेल प्रशिक्षकलाई मेडल ,प्रमाण पत्रसहित सम्मान गरिएको थियाे ।
कार्यक्रममा भेरी नगरपालिका प्रमुख चन्द्वप्रकाश घर्तीले खेलाडीहरुकाे देशका विभिन्न ठाउँमा ठुलो याेगदान रहेकाे र स्वास्थका लागि खेललाई प्राथमिकतामा राखिनुपर्नेमा जाेड दिएका हुन्।याे कार्यक्रम भव्य र सभ्य बनाउने सम्पूर्णलाई धन्यवाद समेत दिएका थिए ।