जाजरकाेटका मिहलाहरु विकास निर्माणमा अग्रसर
जाजरकोट । भेरी नगरपालिका-१३कुदुकी ७० वर्षीयधनी वर केही वर्षअघिसम्म घरधन्दामै सीमित थिईन् । समुदायमा हुने कार्यक्रमको बारेमा कहिलैचासोराख्थिनन् । नयाँ मान्छेसँग बोलचाल गर्नसमेत डराउँथिन् । हिजोआज भने उनको दैनिकी फेरिएको छ । गाउँघरमा हुने जुनसुकै कार्यक्रममा सहभागी हुन्छिन्् । कार्यक्रमका बारेमा आफ्नो धारणासमेत राख्छिन् । उनको दैनिकीमा परिवर्तन आउनुको कारण भगवती टोल विकास संस्था हो । संस्थामा सक्रियभएदेखि उनको व्यक्तित्व र नेतृत्व क्षमतामा वृद्धि भएको छ ।
केही वर्षअघिसम्म भेरी नगरपालिका १३ कि ६५ वर्षीयसावित्रा आचार्यपनि गाउँघरका गतिविधिमा सहभागी बन्थिनन् । अर्मपर्म बाहेकका छलफल र बैठकमा पुरुषलाई नै पठाउँथिन् । तर हिजोआज सावित्रापनि फेरिएकी छिन् । पहिले पुरुषलाइनै कार्यक्रममा जानु भन्ने उनी हिजोआज आफै कार्यक्रममा सहभागी हुन्छिन् । कार्यक्रमका बारेमा तर्क वितर्क गर्छिन् । निर्धक्कसँग आफ्नो धारणा राख्छिन् । गाउँ विकासका कुरा गर्छिनन् । बाटोघाटो, पानी पधेरो र सार्वजनिक महत्वका विषय बस्तुको विकास निर्माणका बारेमा अरुलाइसमेत सहभागी हुनुपर्छ भनेर सम्झाउने, बुझाउने गर्छिन् । यसरी उनको दैनिकीमा परिवर्तन ल्याउनुको कारणपनि टोल विकास संस्था हो ।
धनी र सावित्रा मात्रै होइन । कुनै समय बोल्न डराउने भेरी नगरपालिका दुई हजार महिलाहरूदैनिकी फरिएको छ । भेरी नगरपालिका आर्थिक सहयोगमा सहकर्मी समाज समझदारी सामुदायिक सुशासन सबलीकरणका लागि टोल विकास संस्था परिचलन कार्यक्रमले परिवर्तन सम्भव बनाएको हो । भेरी नगरपालिकामा २०७६ सालदेखि यो कार्यक्रम लागु छ । कार्यक्रम लागुभएदेखि महिलाहरूको सोचाई, भोगाई र गराइमा वरिवर्तन ठूलो परिवर्तन ल्याएको छ ।
सहकर्मी समाजकै नेतृत्वमा भेरी नगरपालिकामा ९७ ओटा टोल विकास संस्था रहेका छन् । जसमा १७ सय ८० जना महिला छन् । संस्थामा आवद्ध महिलाहरूको नेतृत्व र व्यक्तित्वमा वृद्धि भएको छ । पहिले चुलोचौकेमा सीमिति हुने उनीहरू हिजोआज समाज सुधारका लागि अग्रसर बन्न थालेका छन् । गाउँघरमा हुने विकास निर्माण र सामाजिक विकृति विसंगतिकाविरुद्ध आवाज उठाउन थालेका छन् ।
टोलको विकास निर्माण, विकृति र विसंगतिका विरुद्धमा आवाज उठाउँछन् । महिलाहरूलाई सुशासन जवाफदेहिताका लागि यो कार्यक्रम सञ्चालनमा छ । कार्यक्रमपछि महिलाहरू समूहमा आवद्ध मात्रै छैनन्, भविष्यका लागि भन्दै बचत, त्यसको सही सदुपयोग र समाज सुधार जस्ता कार्यक्रम अग्रसर बनेका छन् । कुदुका सात ओटा समूहले २ लाख ४५ हजार रकम कोषमा जम्मा गरेका छन् ।
मासिक रुपमा प्रतिव्यक्ति ५० रुपैयाँका दरले कोषमा संकलन सुरु गरेको भगवती टोल विकास संस्थामा अहिले २५ हजार रकम जम्मा भएको छ । ‘टोल विकास संस्थाले हाम्रो व्यक्तित्व र नेतृत्व क्षमता वृद्धि गराएको छ’ भगवती टोल विकास संस्थाकी कोषाध्यक्ष धनी बर भन्छिन्, ‘संस्थाले हामीलाई समाजमा स्थापित गरेको छ, अहिले महिलाहरू बचत संकलन र विकास निर्माणमा सहभागी हुन थालेका छन् ।’
समाजमा महिलाहरूको सक्रियता बढ्न थालेपछि पुरुषहरूले पनि साथ दिन थालेको भेरी कणर्ाली टोल विकास संस्थाको सदस्य मीना रोकाय बटालाले बताइन् । समूहमा बचत भएको रकम समूहका सबै दिदीबहिनीले दुःख सुखमा सापटी चलाउनेगरेको छन् । बचत रकमबाटै महिलाहरूले किराना पसल, पाख्रा पालन, तरकारी खेती जस्ता व्यवसाय सुरु गरेका छन् । महिलाहरू एकीकृत भएर समाज सुधार र घरेलु हिंसाका विषयमा सचेतना फैलाउन थालेपछि दैनिक मदिरा खाने पुरुषहरूको बानीमा पनि परिवर्तन आएको छ ।
महिलाहरूलेदैनिकघाँस दाउरा गर्ने बाटो निर्माण गरेका छन् । नगरपालिका १३ मा रहेका २ ओटा चौतारा निर्माण गरेका छन् । खानेपानीको धारा निर्माण, खानेपानीको पाइप निर्माण जस्ता कामहरू गरेको भेरी नगरपालिका -१३ का वडाध्यक्ष यज्ञ बटालाले बताए ।
टोल विकास संस्थामा आबद्ध महिलाहरूले छुवाछुत, बालविवाह र महिला हिंसा सामाजिक विभेद्का विरुद्ध आवाज उठाउन थालेका छन् । संस्थाकै कारण बालविवाह र छुवाछुत अन्त्य भएको पिपल चौतारी टोल सुधार समितिका अध्यक्ष कल्पना कामीले बताईन । घाउँघरमा हुने कार्यक्रममा बोल्न समेत नपाउने दलित समुदाय हिजोआज समाज सुधारका लागि निर्धक्क बोल्न पाउने भएका छन् । समूहले वडामा बालविवाह गर्न बन्देज लगाएको छ ।
‘समाज सुधारमा टोल विकासको महत्वपूणर् भूमिका छ’
समाज सुधारका लागि टोलविकास संस्थाहरूको भूमिका महत्वपूणर् रहेको भेरी नगर पालिका प्रमुख चन्द्रप्रकाश घर्तीले बताए ।संस्थाले समुदायमा जनचेतना अभिवृद्धि गर्ने र सामाजिक सुधारका काममा भूमिका निर्वाह गरेको उनले बताए । ‘टोल विकास संस्थाले अनुशासित र मर्यादित समाज निर्माणमा महत्वपूणर् भूमिका निर्वाह गरेको छ’ उनले भने, ‘संस्थाले महिलाहरूको नेतृत्व र व्यक्तित्व विकासमा पनि महत्वपूणर् योगदान गरेको छ ।’
नगरपालिका भित्र ९७ ओटा टोल विकास संस्था रहेका छन् । जसमा १७ सय ८० जना महिला र ५ सय ३५ जना पुरुष सहभागी रहेको सहकर्मी समाज जाजरकोटका जिल्ला कार्यक्रम संयोजक नेत्र रेग्मीले बताए । समितिले समाज सुधारका लागि बाटोघाटो निर्माण तथा मर्मत,खानेपानी मुहानको सरसफाइ जस्ता कामहरू गर्दै आएको छ । संस्थाहरूले हालसम्म ९७ लाख रकम बचत संकलन गरेर परिचालन गरेका छन् । समूहहरूले बचत संकलन गरेको रकममा सहकर्मी समाजले घुम्तीकोषको रुपमा २८ लाख बराबर रकम परिचालन गरेको छ । यो चालु आर्थिक वर्षमा २५ लाख रकम लगानी गरेको छ । (भेरीमालिका दैनिक )