निजि तथा आवासीय बिद्यालयको साधारण सभा सम्पन्न
जाजरकाेट । जाजरकोटमा निजि तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को साधारण सभा सम्पन्न भएको छ । शनिवार जिल्ला सदरमुकाम खलंगामा एक कार्यक्रमको आयोजना गरि नेपालको आठौं साधारण सभा सम्पन्न भएको हो । भेरी नगरपालिका प्रमुख चन्द्र प्रकाश घर्तीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको निजि तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल कणर्ाली प्रदेशका उपाध्यक्ष झलक बुढाले बताए ।
सम्पन्न साधारण सभाबाट शिक्षक तर्फकाे उत्कृष्ट अवार्ड देव प्रकाश शाहीलाइ प्रदान गरेकाे छ । जाजरकाेट जिल्लाकाे भेरी नगरपालिका नाेबेलिष्ट बाेर्डिङ्गका कार्यरत छन । शाहीलाइ यस बर्षकाे सबै भन्दा उतकृष्ट अवार्ड प्रदान गरिएकाे निजि तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) अध्यक्ष नर बहादुर खड्काले बताए । प्याब्सन अन्तर्गत संचालित सदस्य विद्यालयहरुमा उत्कृष्ट पठन पाठनमा योग्य शिक्षण पेशामा सफल भएकाे भन्दै शाहीलाइ सम्मान गरिएकाे अध्यक्ष खड्काले बताए । जिल्लाका १० निजि बिद्यालयको छाता संगठन निजि तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल आफनो आठौं बर्ष पुरा गरेको छ ।
२०७१ साल मंसिर १२ गते स्थापना भएको नेपालले उत्साह पुणर् सभा सम्पनन गरेको छ । जाजरकोट जिल्लाको संस्थापक अध्यक्ष मोतिराम गरिको पालाबाट सुरु भएको प्याब्सन नेपाल निरन्तर आफनको कार्यमा सक्रीय भएको छ । प्याप्सन जाजरकोटले साधार सभाको अवसरमा आवद्ध १० बिद्यालयका उत्कृष्ण १० जना शिक्षकलाई सम्मान गरेको छ । साधारण सभाबाट नवलिष्ट बोडिगबाट बेब प्रकाश शाही,गोल्डेन बोडिगबाट टकेन्द्र जंग राना,भ्याली एकेडेमी बोडिग स्कुलका उमा शाहलाई सम्मान गरेको थियो ।
यस्तै रिभर डाइनमीक बोडिग क्षेत्र बहादुर सिंह,त्रिशक्ति बोडिगबाट लाल बहादुर राना,सन्राईज बोडिगबाट नर बहादुर चन्द सम्मानीत भएका थिए । जगतिपुर एकेडेमीबाट भद्र बहादुर बि.क र नवज्यती बोडिगबाट लाल बहादुर नेपाली च्यालेन्ज ज्यानेरेशन बोडिग स्कुलबाट सन्ध्या वली लाई सम्मान गरेको छ । यस्तै निजि तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपालका पिता मोतिराम गिरीलाई सम्मान गरेको थियो ।
निजि बिद्यालयको बृद्धि बिकासका लागि आवश्यक पाठ्य पूस्तक देखि परिक्षा प्रणर्ालीमा एकरुप्ता ल्याउन संगठनले महत्वपूणर् भुमिका खेलेको खड्काले बताए । निजि तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल जाजरकोट बिद्धिविकासको लागि आवश्यक सहयोग गर्ने नगर प्रमुख चन्द्र प्रकाश घर्तीले बताए ।