Loading... आजः सोमवार, जेष्ठ १५, २०८०
Trending

सत्ताको आडमा शक्तिकाे दुरुपयोग प्रति एमालेको आपत्ति

जनताको मतको कदर गर्ने नेता आचार्यकाे प्रतिबद्धता

जाजरकोट ।नेकपा एमाले जाजरकोटले चुनावकाे समिक्षा गरेको छ । गत मंसिर ४ गते सम्पन्न प्रदेश सभा र प्रतिनिधि सभा सदस्यकाे निर्वाचन पश्चात् पार्टीले समिक्षा गरेको हाे । बिहिवार जिल्ला सदरमुकाम खलंगामा पार्टीले चियापानकाे आयोजना गरि समिक्षा गरेको नेकपा एमाले जाजरकोटका उपसचिव गाेपाल नेपालीले बताए । निर्वाचन प्रक्रियामा विजयी र पराजय स्वभाविक कुराभएको एमाले जाजरकोटकाे निष्कर्ष थियो ।  जाजरकोट जिल्लाको सन्दर्भमा आफु जसरी पनि विजयी हुनुपर्छ भन्ने हेतुले राज्य संयन्त्रको व्यापक दुरुपयोग भएको एमालेका केन्द्रीय सदस्य निरज आचार्यले बताए । कतिपय निर्वाचन वुथमा मतदान अधिकृतको चरम लापर्वाही, अख्तियारीको दुरुपयोग गरेर निर्वाचन गठबन्धनले आफ्नो काेल्टाेमा पारेको उनकाे आराेप छ । जनपद / सशस्त्र प्रहरीका कतिपय अधिकृतहरु हेडक्वाटरबाटै माओवादी कार्यकर्ताका रुपमा परीचालन गरिनु सरकारकाे दुरुपयोग भएको एमाले जाजरकोटले जनाएको छ । जिल्लाका मतदातालाई धाँधली, डर, धम्की, लोभ, आतंक र सत्ता गठवन्धनको सेटिंगका कारण निर्वाचनको स्वच्छता, निश्पक्षता र तटस्थता कायम भएको पार्टीका केन्द्रीय सदस्य तथा जाजरकोट जिल्ला ईन्चार्ज भैरव सुन्दर श्रेष्ठले बताए ।  एमाले एक्लैले प्रतिस्पर्धा गर्दाकाे अवस्थामा जनताले दिएको मतकाे कदर गर्ने उमेदवारहरुकाे जाेड थियो । लामाे समयकाे मेहनतले पाएकाे उपलब्धि खेर नगएको नेता आचार्यले बताए । जाजरकोट जिल्लामा कुनै गुट नभएको नेता श्रेष्ठले बताए । जाजरकोट जिल्लामा दुईवटा ठुलो दल एकतिर भएर पनि एमालेले ल्याएको अमुल्य मतले जितनै भएको उनकाे दावी छ । 


ताजा समाचार