Loading... आजः बुधबार, जेष्ठ १७, २०८०
Trending

एमाले नेता निरज आचार्यको चुनावी गीत सार्वजनिक

जाजरकोट ।जाजरकोटबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार निरज आचार्यको चुनावी गीत सार्वजनिक भएको छ । चर्चित गायक बद्री पंगिनीेको आजाज रहेको ‘बुझौं है कुरा, जनताको काम गरेको जनतालाई मन परेको निरजलाई नै जिताउँ हजुर’ बोलको गीत सार्वजनिक भएको हो ।

लोकप्रिय गायक पंगेनी र गायिका रुपा सिंजाली मगरको आवाज रहेको उक्त गीतको शब्द संकलन जीवन प्रकाश न्यौपानेले गरेका हुन । गायक पंगेनी कै संगित रहेको गीतको ध्वनि संयोजन खडक बाजुरालीले गरेका छन । यक्त गीतको संयोजन जाजरकोटको कम्युनिष्ट आन्दोलनका संस्थापक स्व.रत्नप्रसाद शर्मा न्यौपानेको सम्झनामा स्थापना गरिएको ‘रत्नप्रसाद शर्मा न्यौपाने अध्ययन प्रतिष्ठान’ तथा जाजरकोट काठमाण्डौं सम्पर्क मञ्चले गरेको हो ।

जाजरकोटबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका आचार्य नेकपा एमालेको केन्द्रीय सदस्य तथा पार्टी निर्वाचन विभागको केन्द्रीय उपप्रमुख हुन । एमाले निकट युवा संघ पूर्व महासचिव ररहेका युवा नेता आचार्यले पूर्व मन्त्री एवम माओवादी केन्दका नेता शक्ती बहादुर बस्नेत संग चुनावी प्रतिस्पर्धा गर्दैछन । नेता बस्नेत यस अघि लगातार चुनाव जितेर सांसद बनेका थिए । पछिल्लो समयमा मतदाताहरु युवा प्रतिनिधिहरु प्रति सकारात्मक हुँदै गएको र यस चुनावमा “नो नट अगेन अर्थात फेरी दोहोर्याउनु हुँदैन” भन्ने मुद्धा सशक्त रुपमा उठेकोले यस पटक युवा नेता आचार्य प्रतिनिधि सभामा निर्वाचित हुने सम्भावना बलियो हँुदै गएको देखिन्छ ।चुनावी गितhttps://fb.watch/gFUzttNPTR/


ताजा समाचार