Loading... आजः आइतवार, जेष्ठ १४, २०८०
Trending

माओवादी केन्द्रकाे ओरालो यात्रा

२०६४ सालको संविधान सभाको हरेक निर्वाचनलगाएतका परिणामहरु केलाउँदा माओवादी केन्द्र निरन्तर ओरालो लागिरहेको छ। । भर्खरै सम्पन्न स्थानीय निर्वाचनसम्म आइपुग्दा यो पार्टी १२ प्रतिशतमा सीमित भएको छ l । दिनौ माओवादी लगाएत अन्य पार्टी छोडेर सयौ कार्यकर्ता हरु नेकपा एमाले म प्रवेश गर्ने लहर चलेकै छ। प्रचण्ड जनयुद्ध देखि यहाँ सम्मा आउँदा प्रचण्डको असली रुप छर्लङ्ग भएको देखिन्छ मोहन बद्दै देखि बाबुराम विप्लव सम्मा आउँदा मा पार्टी ७ औ टुक्राटुक्रा बिभाजन भएको सर्बविधितै छ।
प्रचण्ड क्यान्टोनमेन्ट देखि देखिएको लडाकु को घोटाला रकमको अदृश्य नेतृत्व म जनयुद्ध हिडेका हजारौं कार्यकर्ता पुर्ब लडाकु आज पेट पाल्नका लागि खाडीको ८०डिग्री घाम काम गरिरएका छ्न कोहि औषधि नपाएर सडक छेउ मर्न बाध्य छ्न कोहि युद्धकाल म लागेका गोलि समेत तान्ना नपाएर कोहि घरबार बिहिन कोहि जिन्दगी भर अपांग भएर रुदै बस्नु परेको र कैयौं को रगत बगेको छ यसको एउटै मक्सत भनेको प्रचण्ड ।आफू आफ्नत लाई सेट गरेर बिलासी जिन्दगी जिरएका छ्न र उनलाइ त्यहा सम्मा पुर्याउने हजारौं बेपत्ता सहिद को रगत ले पक्कै पनि राम्रो गर्ने छैन ।
माओवादी केन्द्रका शक्तिशाली नेता राम बहादुर थापा बादल टोप ब.राइमाझी प्रभु शाहा लगाएतका नेता–कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । हिजो जनयुद्ध लडेका शीर्षस्थ नेताहरु नै नेकपा (एमाले) को नेतृत्वमा रहनुले नेकपा (एमाले) नै कम्युनिस्ट आन्दोलनको मियो हो भन्ने देखाइरहेकै छ । कम्युनिस्ट पार्टीको साइनबोर्ड झुण्ड्याएर कांग्रेसको सेवा गर्ने, वामपन्थीका विरुद्ध दक्षिणपन्थी गठबन्धन बनाउने, कांग्रेसका सभापतिलाई आफ्नो मुख्य नेता मान्ने र एउटाविरुद्ध अर्कालाई प्रयोग गर्ने अवसरवादी नीति बोक्ने जस्ता कारणले ढिलो–चाँडो यो पार्टी इमानदार कार्यकर्ताले छाड्नुबाहेक विकल्प रहँदैन ।
कम्युनिस्ट नै हुन भन्ने हरु नेकपा एमाले हुनुपर्ने मेरो बुझाइ हो। नत्र कम्युनिस्ट को खोल ओडेर काङ्ग्रेसको टङ वा देउवाको पुच्छर बनेर देउवाको लठ्ठी समात्य समाजबादको यात्रा तय गर्छु भन्नू एक गिलास पानीम डुबेर मर्छु भने जस्तो हो । युद्ध कालम भारत लाई बिस्तारवाद र अमेरिकालाइ साम्राज्यवाद को नारा लगाउने प्रचण्ड ।आज भारत र अमेरिकालाइ खुसी बनाउन प्रमादेशबाट सरकार गठन गर्छन अनि बैम्मानि पुर्ण ढंगले देश जनतालाई धराप पार्दै MCC SPP जस्ता राष्ट्रघाति सम्झौता जनताले छर्लंग देख्या छ नैतिक पतन हुने खालको नागरिकता विधेकले आम युवा विद्यार्थी बुद्धिजिबिलागयतलाई छर्लङ्गछुर्लुम्मै छ अब आम जनसमुदायले बुझानुपर्छ अमेरिका र भारतकाे सरणमा परेका छन र भारत र अमेरिकाको एजेन्ड बनेर नेपाली राजनीति लाई धमिलो र अस्थिरता थर्फ लिएकै छ्न ।
सहिद को अपमान गरेर सहिदको नाम देखाएर आफन्त लाई भजाउने र छोरी बुहारी मात्र नभाइ नानातिना सम्मा सेट गरेर बिदा हुने दाउम छ्न ।प्रचण्ड आजको रास्ट्रय राजनीतिको केन्द्रिय बिन्दुमा रङ्ग आकार र अर्थ नभए फ्याउरो जस्तै भएको देखिन्छ जसको काम कराउने र डर देखाउने मात्र हो। देश लाई ओरालो लगाउने बिकास हुन्ना नदिने बारम्बार अस्थिरपुर्ण राजनीति म रमाउने चाहाने एक नेपाली खलनायकका रूपमा प्रचण्ड लाई चिन्ना सकिन्छ ।यी र यावत कारण ले नेकपा एमाले नै नेपाली कम्युनिस्ट आन्दोलन को मुल प्रभाह हो र यसै मा समाहित हुन सम्पुर्ण कम्युनिस्ट बिचार धारा हरु लाई हार्दिक अपिल गर्दछु।
✍️ छबिराज सिहं

ताजा समाचार