Loading... आजः आइतवार, असार १२, २०७९

अध्यक्ष सिंह द्धारा सरकारी सवारी फिर्ता

बिनोद कुमार घर्ती
जाजरकोट,१९ जेठ । सत्ता पदको दुरुपयोग गर्दै स्थानीय तहका जनप्रतिनिधिहरु चिल्ला गाडिमा हुइकिन्छन । निर्वाचित भए पछि स्थानीय तहको स्रोत साधनको दुरुपयोग गर्ने प्रचलन बढी छ ।आफनै सवारी साधको प्रयोग गरी जनताको सेवा गर्ने प्रतिनिधि न्यून पाईन्छन । जनताका बिभिन्न एजेण्डा लिएर तामझामका साथ चुनाव जितेका जनप्रतिनिधिहरु सवारी साधनको मोह बढ्दै गएको छ । पालिका अध्यक्षहरु करौडको गाडिमा भने वडा अध्यक्षहरु सेतो नम्बर प्लेटमा चडन होडबाजि समेत चल्छ ।

लामो समय जनताको बिचमा राजनिति यात्रा सेवाको रुपमा अगाडी बढेका जनप्रतिनिधि मुलत त्यस्को दुरुपयोग गर्दै आएको बेला सिम्ता गाउँपालिका वडा अध्यक्षले पाएको सुविधा समेत नलिने घोषणा गरेका छन् । वडा बासिको सेवा प्रबाह छिटो छरितो प्रवाह गर्नका लागी पालिकाले दिएको सवारी साधन समेत प्रयोग नगर्ने अध्यक्षको दाबी छ । नेकपा एमालेबाट सिम्ता गाउँपालिका वडा नं.२ वडा अध्यक्षमा निर्वाचित खगेन्द्र सिंह ठकुरीले सरकारी बाईक नचड्ने घोषणा गरेका हुन ।

सिंहले विहिबार वडा अध्यक्षको नाममा रहेको सवारी साधन प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश देवकोटालाई हस्तान्त्रण गरेका छन । निजि सवारी साधनवाट भए पनि नागरिकको सेवा दिने उनको भनाई छ । जनताले काम गर्नका लागि मलाइ पठाएका छन । उनले भने हामी जनताको काम गर्न आएका हौं । हामीलाई सरकारी सवारी साधन आवश्यक पर्दैन । आफनै निजि सवारी साधन चडेर जनताको घरदैलोमा सेवा प्रवाह गर्छु । सिम्ता २ का नागरिकहरुको विकास र समृद्धका लागि सधै अवरात्र खटिने सिंहको दावी छ ।

जनप्रतिनिधिले पाउने सेवा सुबीधा अन्तर्गत मोटरसाइकल पालिकालाई नै फिर्ता गरेको उनको भनाई छ । यस्तै वडामा रहेका अनाथ, असहाय, अशक्त, वृद्ध र अपाङ्गलाई निशुल्क स्वास्थ्य विमाको प्रतिबद्धता पुरा गर्ने उनको भनाई छ । पालिकामा रहेका जनप्रतिनिधिहरु मध्य सिंहले जनपक्षिय निर्णय लिएको सिम्ता गाउँपालिका सुर्खेतले जनाएको छ ।

लामो समय कर्मचारी क्षेत्रबाट राजनितिक क्षेत्र अंगालेका सिंह जनताका प्रीय नेताका रुपमा स्थापीत भएका छन । उनि नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट उम्मेदवार बनेका थिए । सिम्ताली जनताका लोकप्रीय युवा नेता सिंहले जनतामाज गरेका प्रतिबद्धता पुरा गर्ने स्थानीयको भनाइ छ । सिंह ७ सय ५१ मतका साथ वडा अध्यक्षमा बिजय भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका हरि बहादुर सिंह ठकुरीले ६ सय ८९ मत ल्याएर पराजित भएका थिए ।


ताजा समाचार