Loading... आजः सोमवार, असार १३, २०७९

मतदातालाई भेट्न गाउँ पुगे भेरीका नगरप्रमुख सिपी (फोटोफिचर)

जाजरकोट । नगरप्रमुखमा पुन : बिजय भएपछि जाजरकोटको भेरी नगरपालिकाका प्रमुख सिपी घर्ती मतदातालाई भेट्न गाउँ पुगेका छन । नेकपा (एमाले) का केन्द्रिय कमिटी सदस्य तथा जाजरकोटका सहइन्चार्ज समेत रहेका नगरप्रमुख घर्ती मतदातालाई भेटेर धन्यवाद दिन गाउँ पुगेका हुन ।
आफुलाई मतदान गर्ने भेरी नगरपालिकाको १ नम्बर वडाका रिम्न, पिपे, मैदे, रावतगाउँ र कालेगाउँका मतदातालाई घरमै गएर नगरप्रमुखले धन्यवाद दिनु भएको छ ।
चुनावमा भोट माग्न मात्र होइन बिजयी भैसकेपछी मतदातालाई धन्यवाद दिन र आवश्यक सल्लाह सुझाव लिन घरदैलोमा पुगेको नगरप्रमुख घर्तीको भनाई छ ।
भेरीका १३ वटै वडामा गएर अमुल्य मतदान गर्ने नगरवासिलाई धन्यवाद दिन जाने कार्यक्रम तय गरेको उहाँको भनाई छ । आफू बिजयी भैसकेपछी सबैदललाई समान ढंगले सेवाप्रवाह गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । घरदैलो कार्यक्रममा प्रमुख संगै नेकपा एमाले जाजरकोटका उपसचिव नरबहादुर बस्नेत, सचिवालय सदस्य मोति वलि, रामचन्द्र घर्ती, मुकुन्द शर्मा लगायतको सहभागीता थियो ।
आफुले भोट हालेर जिताएको नगरप्रमुख आफुलाई भेट्न घरमै पुगेपछि रिम्नका युवा प्रेम रानाले खुसी ब्यक्त गरे ।
काङ्ग्रेस-माओवादीको गठबन्धनका साझा उम्मेदवार गगन खड्कालाई एक हजार भन्दा बढी मतले पराजित गरि एमालेका केन्द्रिय सदस्य घर्ती दोस्रोपटक बिजयी हुनु भएको हो ।
फोटोहरु


ताजा समाचार