Loading... आजः सोमवार, असार १३, २०७९

नागरिक लड्दै, प्रहरी हेर्दै

जाजरकोट,१ जेठ । जाजरकोटकाे जुनीचाँदे गाउँपालिका मतगणना केन्द्रमा दास्राे पटक झडप सृजना भएको छ । नेपाल प्रहरीकाे चरम लापरबाहीका कारण स्थानीयबिच झडप भएको स्राेतले जनाएको छ । बैशाख ३१ गते पहिलोचरणमा उक्त मत गणना स्थलमा झडप भएको थियो । सरकारले निर्वाचनमा बाक्लो सुरक्षाकर्मी परिचालन गरेपनि नागरिककाे सुरक्षामा प्रहरी मुखदर्शक बनेकाे छ । बाक्लो रुपमा उपस्थित भएको म्यादी प्रहरी र नेपाल प्रहरी नागरिक झडप हुदा आफू बच्नमै हम्मेहम्मे रहेकाे पाईएकाे छ । सुरक्षाकर्मि आफुखुसि बाहिर गएको कारण केही समस्या देखिएको एक प्रहरी अधिकारीले बताए । मत परिणाम सम्बन्धि स्थानीय बिच पटकपटक बिवाद हुदा समेत नेपाल प्रहरी बेखबर रहेको स्थानीयकाे भनाइ छ । एउटाले जित्छ एउटाले हार्छ एकआपसमा बिवाद सृजना हुन्छ । नेपाल प्रहरी लाठी समातेर मुखदर्शक भएर बस्छ । जनताको शान्ति सुरक्षा खैं  ? एक स्थानीयले भने । गाउँपालिका भित्रका ५ वडाकाे मत परिणाम सार्वजनिक हुँदै गर्दा उक्त क्षेत्रमा बारम्बार झडप हुदै आएको छ । नागरिकहरुकाे ज्यू ज्यानकाे लागि खटिएको नेपाल प्रहरी रमिते बनेको  छ ।जुनीचाँदे गाउँपालिका पछिल्लो मत परिणाम
#जुनिचाँदे ८
गठबन्धन उमेदवार शिवा आचार्य बस्न अध्यक्ष : २५५
गठबन्धन उमेदवार बिरेन्द्र बहादुर शाही : ३८१
नेकपा एमाले बेद बहादुर शाही : ३३१
नेकपा एमाले उपाध्यक्ष अम्मादेबि शाही :७०
वडा अध्यक्ष
१ नेकपा माओवादी लाेक बहादुर थापा : ३२६ बिजय
२, नेपाली काङ्ग्रेस हरि बहादुर बस्नेत :२०६
३,नेकपा एमाले चन्द्र बहादुर थापा :१०२
#जुनिचाँदे ५
गठबन्धन उमेदवार शिवा आचार्य बस्न अध्यक्ष : ३०२
गठबन्धन उमेदवार बिरेन्द्र बहादुर शाही : ३६४
नेकपा एमाले बेद बहादुर शाही : ३४४
नेकपा एमाले उपाध्यक्ष अम्मादेबि शाही :६०४
स्वतन्त्र :३७५
वडा अध्यक्ष
१नेकपा एमाले जय बहादुर बस्नेत : ५१२ बिजय
२ नेकपा माओवादी भिम बहादुर बस्नेत :२७३
३ नेपाली काङ्ग्रेस दल बहादुर शाह :२९७
#जुनिचाँदे ७
गठबन्धन उमेदवार शिवा आचार्य बस्न अध्यक्ष : ५८
गठबन्धन उमेदवार बिरेन्द्र बहादुर शाही : ८२
नेकपा एमाले बेद बहादुर शाही :७२
नेकपा एमाले उपाध्यक्ष अम्मादेबि शाही :६४
वडा अध्यक्ष
१ नेकपा माओवादी निशान घर्ती :२६० बिजय
२, नेपाली काङ्ग्रेस : २३
३,नेकपा एमाले : ४३
#जुनिचाँदे १०
गठबन्धन उमेदवार शिवा आचार्य बस्न अध्यक्ष : ३३५
गठबन्धन उमेदवार बिरेन्द्र बहादुर शाही : २८७
नेकपा एमाले बेद बहादुर शाही : ५२
नेकपा एमाले उपाध्यक्ष अम्मादेबि शाही :६५
वडा अध्यक्ष
१ नेकपा माओवादी कलबिर बस्नेत :१६१
२, नेपाली काङ्ग्रेस उदय बस्नेत : २०८ बिजय
३,नेकपा एमाले :८९


ताजा समाचार