Loading... आजः आइतवार, जेष्ठ १, २०७९

नेकपा एमाले भेरी नगरपालिकाकाे घोषणापत्र, युवा स्वरोजगार प्राथमिकतामा (पूर्णपाठ)

जाजरकाेट,२० बैशाख ।  जाजरकाेटकाे भेरी नगरपालिका प्रमुखका उम्मेदवारले आफ्नो घोषणापत्रमा युवा स्वरोजगारलाई प्राथमिकतामा राखेका छन् । एमालेबाट प्रमुखका प्रत्याशी चन्द्रप्रकाश घर्तीले भेरीका युवालाई प्राविधिक तथा व्यावसायिक तालिम दिई स्वरोजगारको अवसर सिर्जना गर्ने लक्ष्य लिएकाे छ ।

संघ र प्रदेशको समन्वयमा आवश्यक व्यवस्था मिलाउने उल्लेख छ । उनले युवाको आवश्यकता हेरेर तालिम दिने र स्वरोजगार बनाउने योजना लाइ अगाडि बढाएका छन ।

‘बेरोजगार युवाको लगत संकलन गरी योग्यता र क्षमताअनुसारको सीप प्रदान गर्न व्यावसायिक तथा प्राविधिक तालिम दिई उपलब्ध अवसरमा प्राथमिकता दिइनेछ,’ नगर प्रमुख घर्तीले भने,‘बेरोजगार युवालाई आवश्यक तालिम, सीप, प्रविधि, अनुदान र सहुलियत ऋणको व्यवस्था गरी स्वरोजगारीमा प्रोत्साहित गरी रोजगारी सिर्जना गर्ने  उल्लेख गरिएकाे छ ।

सामाजिक विकास क्षेत्रः ९शिक्षा,स्वास्थ्य,खानेपानी तथा सरसफाई,खेलकुद र सामाजिक शसक्तिकरण०
 शिक्षा क्षेत्रको गुणस्तरका लागि अपुग शिक्षक दरबन्दी अनुपातलाई संघ, प्रदेश सरकारको समन्वय तथा स्वयं नगरपालिका अनुदानबाट आवश्यक प्रबन्ध मिलाउने छु ।
 आधारभुत विद्यालयमा अनिवार्य १ वटा कम्प्युटर शिक्षक दरबन्दी कायम गरी प्रविधिलाई विद्यालयमा संस्थागत गराउने छु ।
 बालबालिका तथा विद्यालयका अस्थायी करार कर्मचारी हरुको तलबमान संघीय नीति अनुसार वृद्धि गरेको हालको तलबमानलाई निरन्तरता दिदैँ बजार महंगीको आधारमा तलबमान क्रमशः वृद्धि गर्नेछु ।
 जाजरकोट जिल्लालाई केन्द्रविन्दुमा राखि क्ष्ऋत् ऋयििभनभ स्थापना गरिने छ ।
 नगरपालिकाको शैक्षिक गुरुयोजना निर्माण गरी प्र।अ। शिक्षक अभिभावक निजि क्षेत्र विकासका अन्य साझेदार संस्था हरुसंग प्रभावकारी नतिजामुलक समन्वय, सहकार्य र साझेदारी मार्फत शैक्षिक गुणस्तरलाई सुनिश्चित गरिने छ ।
 ५५ गोटा संस्थागत विद्यालयहरुमा पक्की भवन निर्माण गरिने छन् । विद्यार्थीहरुका लागि आवश्यक पर्ने शैक्षिक समाग्रीहरु तथा खेलकुद समाग्रीहरुको यथोचित व्यवस्थापन गरिने छ ।
 विद्यालयमा शुद्ध पिउने पानी, शौचालय, खेलमैदान, विद्यालय घेराबार जस्ता कार्यहरुको समुचित व्यवस्थापन गरिने छ ।
 शैक्षिक क्षेत्रको गुणस्तर प्रवर्द्धनका लागि शिक्षक, अभिभावक, विद्यार्थीहरुको अभिवृद्धि तालिम, गोष्ठी, सेमिनार, कार्यशाला, अध्ययन भ्रमण तथा खोज अनुसन्धानका कार्यहरुलाई जोड दिइइने छ ।
 आधारभुत विद्यालयहरुमा ध्ष्ँष्, विद्यालयमा ःबष् िक्ष्म् र ध्भदकष्तभ स्थापना र संचालन अनिवार्य गरिने छ ।
 सबै संस्थागत विद्यालयहरुमा वाल विकास केन्द्र अनिवार्य स्थापना गरिने छ ।
 जिल्लाको नमुना विद्यालय रहेको त्रिभुवन मा। वि। लगाएत सबै मा।वि। हरुमा विशेषगरी खलंगामा म्ष्नष्तब िःभतजयमययिनथ मार्फत पढाइ संचालन गर्ने व्यवस्था मिलाइने छ ।
 दुर शिक्षा, खुला शिक्षा, सामुदायिक सिकाइ केन्द्र जस्ता क्षेत्रहरुको सदृढिकरण र प्रभावकारी कार्यान्वयनको व्यवस्थापन गरिने छ ।
 व्यवसायिक, प्राविधिक शिक्षालयहरुको सदृढिकरण, संस्थागत क्षमता विकास र विस्तार एवं प्रवर्द्धनको लागि विशेष नीति तर्जुमा गरी प्रभावकारी कार्यान्वयनमा जोड दिइने छ ।
 नगरपालिकाको स्वास्थ्य गूरुयोजना निर्माण गरी स्वास्थ्य क्षेत्रलाई व्यवस्थित, गुणस्तरीय एवं प्रभावकारी गराइने छ ।
 जिल्ला अस्पताल र स्वास्थ्य चौकीहरुको स्तरोन्नति गर्दै निशुल्क रुपमा विशेषज्ञ सेवा प्रदान गरिने छ ।
 ५ वटै स्वास्थ्य चौकीमा ल्याव सेवा संचालन गरिने छ ।
 आधारभुत वडा स्वास्थ्य चौकीमा उपयुक्त दरबन्दी, स्वास्थ्य उपचारका उपकरणहरु विरामीलाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री जनशक्ती तथा आवश्यक औषधी व्यवस्थापनलाई सुनिश्चित गरिने छ ।
 वडा नं। ७ मा डि।पि।आर। तयार गरी पूर्वाधार निर्माणको कार्य शुरु गरिएको १५ शैयाको स्याउली सामुदायिक हस्पिटललाई संघ, प्रदेशको समन्वय तथा नगरपालिकाको आफ्नै श्रोतबाट पूर्णता दिई पूर्ण कार्यान्वयनमा ल्याइने छ ।
 स्वास्थ्य चौकी तथा आधारभुत स्वास्थ्य केन्द्रका भौतिक संरचनाहरुलाई थप विस्तार एवं प्रविधिमैत्री बनाइने छ ।
 पूर्ण खोप मुक्त नगरपालिका घोषणा गरिने छ ।
 सबै स्वास्थ्य संस्थाहरुबाट म्ज्क्ष्क् द्द मा इलष्लिभ च्भउयचतष्लन, पोषण कर्नर, स्तनपान कक्ष, गर्भवति महिलाहरुको लागि ब्ल्ऋरएल्ऋ र सबै वर्थिङ सेन्टरमा रोमिङ अनमी व्यवस्थापन तथा परिचालन आदी कार्यहरुलाई थप ठोस,सृदढ एवं संस्थागत गराइने छ ।
 बहुक्षेत्रीय पोषण, मानसिक स्वास्थ्य उपचार १३ वटै वडाहरुमा च्गचब िग्तिचब क्यगलम एचयनचबm लाई थप व्यवस्थित र विस्तार गरी प्रभावकारी कार्यान्वयनमा ल्याइने छ ।
 नगरवासिको स्वास्थ्य जीवन सुरक्षाका लागि निजि क्षेत्र, गै।स।सं। तथा स्थानीय सरकारको संयुक्त सहकार्य र साझेदारी कार्यसम्पादन ९ःयमभ०ि लागु गरिने छ ।
 महामारी विपद तथा अन्य स्वास्थ्य जोखिम व्यवस्थापनका समुचित प्रवन्धहरु सुनिश्चित गरिने छ ।
 स्वास्थ्यका लागि हानिकारक खाद्यपदार्थको नियमन, सबै खाद्यबस्तुको मापदण्ड निर्धारण, गुणस्तर सुनिश्चितता गर्न बजार अनुगमन प्रणालीलाई संस्थागत रुपमा सुदृढ बनाई कठोर कार्यान्वयन गरिने छ ।
 स्वास्थ्य विमा, सहकारी स्वास्थ्य सेवा तथा स्वास्थ्य घरदैलो सेवा जस्ता विषयहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने छ ।
 गर्भवती सबै महिलाले स्वास्थ्य केन्द्रमा गइ प्रसुति हुने सहज पूर्वाधार निर्माण र उनीहरुको प्रोत्साहन भत्तालाई थप व्यवस्थापन गरिने छ ।
 गर्भावस्थाको स्वास्थ्य परिक्षण, पौष्टिक आहार वितरण, मातृत्व शिक्षा, शिशु स्याहर जस्ता गतिविधिहरुलाई संस्थागत अभिवृद्धिको रुपमा संचालन गरिने छ ।
 जेष्ठ, अपाङ्ग, असक्त तथा विपन्न नागरिकहरुमा स्वास्थ्य परिक्षण एवं स्वास्थ्य सेवा पहुँचलाई सहज र सुनिश्चित गरिने छ ।
 संघ र प्रदेश र स्थानीय सरकारको समन्वय सहकार्य र साझेदारीमा बृहत खंलगा खानेपानी आयोजनालाई पूर्णता दिइनेछ ।
 नगर स्तरीय खानेपानी तथा सरसफाई गुरुयोजना निर्माण गरी खानेपानी तथा सरसफाईको क्षेत्रलाई व्यवस्थित गरिने छ ।
 हाल २२३० घरधुरीमा पिउने पानी शुनिश्चित भएकोमा आगामी कार्यकालमा सबै घरधुरीमा १ घर १ धारा पुर्याउने कार्यलाई तिब्रता प्रदान गरिने छ ।
 नगरक्षेत्रलाइ प्रदेशस्तरको खेलकूदको हव बनाउन सहलगानीमा व८ा नं. ज्ञघ को कूदुमा बहुउद्देश्यीय रंगशाला तथा व८ा नं. छ को ८ाप्कामा निर्मा०ााधिन इन्८ोर्स खेलकुद कर्भ८ हल निर्मा०ा कार्यलाई पुर्०ाता दिइ खेलकुद क्षेत्रको प्रवर्४न गरिने ५ ।
 स्वास्थ्यका लागी खेलकुद राष्६«का लागि खेलकुद नारालाई आत्मासात गरी सबै व८ामा व८ा स्तरीय खेलकुद संचालन गर्न व८ास्तरका युवा समुह र युवा क्लबलाई नियोजित ९ंगले अग्रसर गराइने ५ ।
 पूर्०ा छुवाछुतमुक्त नगरपालिका, वालमैत्री नगरपालिका तथा पुर्०ा सरसफाइ युक्त नगरपालिका ३ोष०ााको अभियानलाइ निरन्तरता दिइने ५ ।
 ५ुवा५ुत, बालविवाह,बहुविवाह ,अनमेल विबाह, लैगिंक हिंसा र सामाजिक हिंसा जस्ता सामाजिक अपराधहरूलाई पूर्०ा रुपमा निस्तेज गराईने ५ ।
 म स्वस्थ नागरीक भन्ने अवधारणा लिइ स्वच्छ वातावरण ,योग, खानपीन ,ब्यायाम र पंचकर्म केन्द्रको निर्माणमा जोड दिइने५ ।
 फोहरमैला ब्यवस्थापनको दिर्३कालिन योजना तयार गरी विर्सजनको लागि उपयुक्त स्थानको खोजी र अध्ययन गरी थप बिलम ाष्िि कष्मभ को निर्माण र विस्तार गरिने ५ ।
 घर घर वाट फोहोर उठाउदा स्रोतमै अनिवार्य रुपमा कुहिने र नकुहिने फोहर वर्गिकरण गरि अलग अलग रुपमा संकलन तथा व्यवस्थापन कार्यलाई प्राथमिकीकरण गरि दिगो फोहोर मैला ब्यवस्थापनको. कार्यलाई सुनिश्चित गरिने छ ।
 हाल रहेका ९६ वटा टोल विकास संस्थालाई सुदृढिकरण गरी थप टोल सुधार संस्था गठन कार्यलाई प्राथमिकताका साथ अगाडी बढाई टोल विकास संस्थालाई सक्षम बनाई प्रभावकारी ढंगले परिचालन गरिने छ ।
 फोहरलाई श्रोतमै छुटयाउने नमुना टोलहरु बनाउने कार्यक्रमलााई अगाडि बढाई उत्कृष्ट टोल विकास संस्था, संघ–संस्था, निजी क्षेत्र तथा व्यक्तिहरुलाई पुरस्कृत एवं सम्मानित गर्ने कार्यलाई संस्थागत गरिने छ ।
 फोहरलाई मोहरमा बदल्ने नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याइने छ ।
 जेष्ठ नागरीकको सम्मान तथा उनिहरूको जिवनलाई सुरक्षित वनाउन प्रत्येक वडामा जेष्ठ नागरीक मञ्च एवं चौतारीको निर्माण गरी चौतारी कोष स्थापना गरिने छ ।
 महिला, दलित, आदिवासी जनजाती तथा पिछडावर्ग, लोपोन्मुख जाति र आर्थिक तथा सामाजिक रूपमा विपन्न वर्गका नागरीकको उत्थानका लागी उनिहरूकै सहभागीतामा लक्षित कार्यक्रम संचालन गरिने छ ।
आर्थिक क्षेत्रः
 आवधिक कृषि योजनाको निर्माण गरी कृषि क्षेत्रलाइ व्यवस्थित एवं प्रभावकारी बनाउन विशेष नीति अनुसरण गरिनेछ ।
 आधारभुत करका दरहरुलाई समानयनूकुल परिमार्जन गरी स्थानीय करको दायरामा हालसम्म नसमेटिएका नयाँ क्षेत्रहरूको पहिचान गर्दै दायरामा ल्याइ नगरपालिकाको आन्तरीक श्रोत संकलनमा कर दस्तुर तथा शुल्कलाई महत्वपुर्ण श्रोतको रूपमा विकास गरी करको दायरा फराकिलो वनाउन र करको दर न्यून कायम गर्न विशेष पहल गरिने छ ।
 आर्थिक समृद्धिको आधार, कृषिमा व्यवसायिकरण,आधुनिकिकरण र बजारिकरण भन्ने नाराका साथ एक घर एक करेशावारी, एक समुह एक उत्पादन जस्ता कार्यक्रमहरु कृषि क्षेत्रमा सञ्चालन गरि कृषकहरुको जीवन स्तरलाइ माथि उठाउने कार्यक्रमहरु संचालन गरिनेछ ।
 कृषिजन्य उत्पादनको सुरक्षा र बजार प्रर्वदनका लागि संघ, प्रदेश र नगरपालिकाको समन्वय र साझदारीमा नगरस्तरीय चिस्यान केन्द्ररभण्डारण केन्द्र र संकलन केन्द्रको स्थापना गरिनेछ ।
 खेतीयोग्य जमीनलाई बाझो राख्ने प्रवृतीलाई निरुत्साहीत गर्दै कृषि भुमीको दिगो एवं भरपर्दो स्थानीय हावापनी सुहाउँदो उत्पादनमा जोड दिइनेछ ।
 उच्च मुल्य बस्तु ९ज्ष्नज ख्बगिभ ऋचयउ० हरु तथा सम्भावना बोकेका बस्तुहरु पहिचान गरी सहयोगी कार्यक्रमहरु पकेट, ब्लक, युवा स्वरोजगार जस्ता कार्यक्रमहरुलाइ प्राथमिकता दिइनेछ ।
 कृषिलाइ ब्यावसायीकरणका लागी युवा लक्षित, मागमा आधारीत कार्यक्रम तथा यान्त्रिकिकरणमा जोड दिइनेछ ।
 बाह्रै महिना संचालन हुने ग्रामिण कृषि सडकको निर्माण, मर्मत तथा विस्तार गरी कृषि उत्पादनको बजारीकरणलाई सरल र सहज बनाइनेछ ।
 साना तथा मझौला सिँचाइको निर्माण विस्तार तथा मर्मत संभार गरी कृषिको उत्पादन र उत्पादकत्वमा वृद्धि गरिनेछ ।
 बेमौसमी र व्यवसायिक तरकारी उत्पादनमा वृद्धि गरि उत्पादन निर्यातलाई व्यवस्थित गरिनेछ ।
 निर्धारण गरिएका खाद्यान्न, तरकारी, फलफुल र बीऊ उत्पादन पकेट क्षेत्रहरुमा उत्पादनका प्याकेजहरु मिसनका रुपमा संचालन गरिनेछ ।
 अर्गानिक तथा रैथाने बाली उत्पादनमा जोड दिइनेछ ।
 स्थानीय उत्पादित वस्तुको प्रसोधन, प्याकेजिङ र उचित बजारीकरणमा जोड दिइनेछ ।
 बाँझो जमिन सदुपयोग गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्न कृषकहरुलाई प्रोत्साहित गरिनेछ ।
 सामुहिक चक्लाबन्दी खेति प्रवर्द्धनमा जोड दिइनेछ ।
 नगरपालिका भित्र ३ वटा स्थानमा कृषि सेवा केन्द्रको स्थापना र विस्तार गरिनेछ ।
 विभिन्न बालीको श्रोत केन्द्र स्थापना, सुदृढिकरण तथा विस्तारमा जोड दिइनेछ। ।
 गरेपछि सिकिन्छ र देखेपछि विश्वास हुन्छ भन्ने कृषिको भावनालाई मध्यनजर गर्दै कृषिका प्रर्दशनी तथा अन्तर जिल्ला कृषि भ्रमण अवोलोकनलाइ प्राथमिकता दिइनेछ ।
 नगरवासीलाई स्वस्थकर मासुका लागि व्यवस्थित मिट मार्केट केन्द्रको स्थापना र संचालनमा गरिनेछ ।
 संभाव्यताको आधारमा घाँस खेतिको लागि सहुलियत दरमा सिजन अनुसारको घाँसको बीऊबिजनहरु उपलब्ध गराइ पशुवस्तुको आहारामा हरियो घाँस खुवाई दुध र मासु उत्पादन वढाउन विशेष कार्यक्रमहरु संचालन गरिनेछ ।
 अति विपन्न, एकल महिला तथा न्यून आयश्रोत भएका घरपरिवारलाई आयआर्जन तथा जीविकोपार्जनका लागि प्राविधिक संभाव्यताको आधारमा दिगो पेशा,व्यवसाय संचालनको लागि प्रोत्साहन गर्ने नीति अनुसरण गरिनेछ ।
 पाचकाटिया, मछाइना र रिम्ना दोभानलाइ पर्यटकिय क्षेत्र बनाउन लगानी सुनिश्चित गरिनेछ ।
 जाजरकोट दरबार क्षेत्र, सानी मालिका मन्दिर, कालिका मन्दिर, ७ुलो मालिका म५ाइना मन्दिर, कुदुको भुमेश्वर गुफा, जगतिपुरको वायु३ट्ट, कालेगाउको शिवालय मन्दिर, पिपेको चमेरे गुफा, वडा नं. २ को सांगटा गुफा, र सिद्धपाईला मन्दिर आदी पुरातात्विक, धार्मिक तथा पर्यटकीय संस्कृतिक सम्पदाहरुको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा विशेष जोड दिइनेछ ।
 साना,मझौला तथा ठुला उधोगहरूको स्थापना, विकास ,विस्तार र , प्रर्वदन लागि आवश्यक नीति तथा कार्यक्रम ल्याइनेछ ।
 गरिबी निवारण तथा वेरोजगारी समस्याको अन्त्य गर्न उत्पादनमा आधारीत (गार्मेन्ट उद्योग, कृषिजन्य उद्योग आदी० उधोगहरूको स्थापनामा जोड दिइने५ ।
 पशुपन्छी शाखाबाट त्रैमासिक रुपमा एक हप्ते प्रयोग शाला सहितको पशु स्वास्थ्ये घुम्ती सेवा संचालनमा ल्याइने छ ।
 पशु स्वास्थ्य सेवालाइ प्रत्येक कृषकको घर¸गोठ सम्म पुर्या५उन टेली मेडीसीन सेवा संचालन गरिने छ।
 पशुपंछी जन्य महामारी रोग नियन्त्रण तथा व्यवस्थापनकालगि आवश्यक औषधी तथा खोपको वफर स्टक सुनिश्चित गरिनेछ ।
 पशुपंछी सेवाको विकास र विस्तार गर्न पशु स्वास्य्य तथा प्राबिधिक परामर्श सेवामा कृषकको पहुँच सुनिश्चित गर्न नगरपालिकको स्याउली बजारमा पशु सेवा केन्द्र स्थापना गरिने छ।
 .पशुपन्छीहरुको बिमा कार्यक्रमलाइ प्रभाबकारी बनाउन कृषकको प्रिमियममा अनुदानको ब्यबस्थापन गरिने छ।
 .कृत्रिम गर्भाधान सेवामा कृषकको पहुँच सुनिश्चित गर्न बेरोजगार प्राइभेट तालीम प्राप्त भेटेरीनरी जे टी ए हरुलाइ कृतिम गर्भाधान सेवालतालीमको ब्यबस्थापन मार्फत दक्ष जनशक्ती निर्माण गरि सेवा बिस्तारलाई प्रभाकारी गराईनेछ ।
 व्यवसायिक कृषक तथा उद्यमीहरुलाई उत्पादन प्रतिफलको आधारमा प्रोत्साहन तथा पुरुस्कारको प्याकेज कार्यक्रम संचालन गरिनेछ ।
 .कृषकहरुको क्षमता विकासका लागि अध्ययन भ्रमण तथा प्रविधिमैत्री तालिम संचालन गरिनेछ ।
 व्यवसायिक पशुपंछी साझेदार कार्यक्रममा निजी क्षेत्र, गै।स स, स्थानीय सरकार र समुदाय साझेदारी कार्यक्रमलाई विशेष जोड दिइनेछ ।
 दुध, फुल र मासुको उत्पादन उत्पादकत्व बढाउन दानमा भएको उत्पादन लागत कम गर्न सिजन अनुसारका पोषीला भुँइ घाँस डाले घाँसको बिउ बिरुवाहरु कृषकको मागमा निशुल्क उपलब्ध गराइने छ ।
 बँधुवा प्रणालीले ब्यबसायीक पशुपालन गर्ने कृषकलाइ अभिप्रेरित गर्न भौतिक पुर्बाधारमा लागतको पचास प्रतिशत अनुदान र अन्य पशु पंछी खरिदमा खरिद मुल्यको ३० प्रितशत अनुदान दिइने छ ।
 छाडा चरीचरण लाइ रोकी बन जंगल र रैथाने पोषीला डाले घाँस भुँइ घाँस र उन्नत पोषीला घाँसहरुले प्रती जमिन तथा हैसीयत बिग्रेका जमिन रोड कोरीडोरका दाँया बाँया किनाराहरु हराभरा बनाइ जलबायू परिबर्तनलाइ जोगाइ बाताबरणलाइ अनुकुल बनाउन कृषक सहभागीतामा डाले घाँस तथा भुँइ घाँसका बिरुवाको बृक्षा रोपन गरिने कार्यक्रम संचालन गरिने छ ।
 नगरपालिका भित्र कृषकले उत्पादन गरेका कृषिजन्य उत्पादन,पशुपन्छी तथा मत्स्यको बजारीकरणको लागी कृषक सहभागीतामा हाटबजार र संकलन केन्द्रको स्थापना गरिने छ ।
 .भेरी नगरपालिका भित्र दुग्ध पदार्थको बजारीकरणको लागी कृषक सहभागीतामा डेरी पसल सुधार चिस्यानकेन्द्र स्थापना तथा साना डेरी उद्योग स्थापना र स्तरोन्नती गरिने कार्यक्रममा ५० प्रतिशत लागत साझेदारीमा कार्यक्रम संचालनगरिने छ ।

 नगरपालिका भित्रका पशुपालनमा संलग्न कृषक तथा बेरोजगार युवा युवतीहरुलाइ पशुपालन क्षेत्रमाअग्रसर बनाइ पशुपन्छी तथा मत्स्य र पशुपन्छी जन्यपदार्थको उत्पादनमा सहभागी बनाउन गरिबकोरेखा भित्र पर्ने ४ रोपनी भन्दा कम जमीन भएका दलित,जनजाती बिपन्न बर्गका गरिब र गरिब एकल महिलाहरुलाइ आयआर्जन तथा जिबिकोपार्जनका लागी बाख्रापालन कुखुरापालन र बंगुरपालन, गर्न समुहगत अनुदान दिइने छ।
 वैदेशिक रोजगार बाट फर्केका, प्राविधिक ज्ञानसिप भएका इच्छुक बेरोजगार युवाहरुले समुहगत र व्यक्तीगत निजि फार्महरु मार्फत कृषि तथा पशुपन्छी व्यवसाय संचालन गर्न माग गरेमा ५० प्रतिशत लागत साझेदारीमा कार्यक्रम संचालन गर्न विशेष प्राथमिकता दिइनेछ।
 हालसम्म नगरपालिका भित्र कृयाशिल रहेका करिब ६० वटा बचत तथा ऋण परिचालन,कृषि तथा बहुउद्देश्यीय सहकारीहरुको सुदृढिकरण गरी उक्त सहकारीहरुको सेवा क्षेत्र अनुसार लागत साझेदारीमा उत्पादनमुलक, व्यवसायिक एवं विभिन्न विकास निर्माणका कार्यहरु संचालन गर्ने नीति तथा कार्यक्रम सुनिश्चित गरिनेछ ।
पूर्वाधार क्षेत्रः
 नगरपालिका भित्रका सडकलार्इ प्राथमिकताको आधारमा स्तरोन्तती गर्ने र नगरको समग्र सडक तथा यातायात गुरुयोजना वनाइ नगर यातायात संचालन गरिनेछ ।
 वडा नं। १ को बडालेकमा क्षेत्रीयस्तरको हवाइजहाज मैदान ९ब्ष्चउयचत० निर्माणका लागि पहल गर्ने तथा पिपे(मैदे÷बडालेक÷घोयलनेटा÷डिँगा÷तिमिले÷पांचकाटीया÷भेरेखर्क÷मछाइना÷मेलटाकुरी हुँदै वडा नं ९ भुरपोखरा सम्मको निर्माणाधिन भेरी रिङरोड योजनालई पूर्णता दिइ सुचारु गरिनेछ ।
 नगर क्षेत्रभित्र भुकम्प प्रतिरोधी घर तथा संरचना वनाउन नगरपालिकाले आवश्यक पहल गर्नेछ ।
 नगरपालिका क्षेत्रमा भवन निर्माण आचारसंहिता र वस्ती तथा शहरी विकास सम्वन्धी मापद०८ स्वीकृत गरी सोही अनुसार ३रनक्सा पास तथा प्रमा०ाीत गर्न र मापद०८ लागु हुनुपुृर्व निर्मा०ा भएका भवनहरुको आवश्यक प्रकृया पुरा गरी ६ महिनाभित्र भवन अभिलेखीकर०ा कार्य सम्पन्न गरिनेछ।
 स८कको क्षेत्र अधिकार क८ाइका साथ कार्यन्वयन गरिनेछ।
 खलंगा सदरमुकाम बजार क्षेत्रभित्र व्यवस्थित ढल निकासको लागि डी।पी।आर। निर्माण कार्य भइसकेको र उक्त डी।पी।आर। बमोजिम ढल निकासको लागि नाली व्यवस्थापनको कार्यलाई यथासिघ्र कार्यान्वयनमा ल्याइनेछ ।
 जिल्ला सदरमुका रहेको नगरपालिका वडा नं। ३ र ४ को बजार क्षेत्र ९स्वास्थ्य सेवा कार्यालय देखि रानागाउँ क्षेत्र० सम्म धुलो रहित रेलिङ्ग सहितको पक्की सडकहरु निर्माण गर्ने कार्यलाई २ वर्षभित्र पूर्णता दिइनेछ ।
 सदरमुकाम बसपार्क व्यवस्थापनको उचित प्रवन्ध गरिनेछ ।
 नगरपालिका भित्र कम्तिमा ३ वटा मिनीपार्क तथा उद्यानहरुको स्थापना गरिनेछ ।
 १३ वटै वडाहरुमा यातायात आवागमनको पहुँच सुनिश्चित गर्न सम्पूर्ण ग्रामिण सडकहरुको स्तरोन्नती गरी उक्त सडकहरुलाई ग्राभेल सडकमा रुपान्तरण गरिनेछ र यातायात आवागमनलाई बाह्रैमहिना सुनिश्चित गरिनेछ ।
 रानागाउँ÷नेटिबजार÷मछाइना, पासागाडको डोल्पा सडकजिरो प्वाइन्ट÷रिम्ना, खलंगा÷पाँचकटिया, राइकोइराली÷इबर कृषि सडक, बोहरा÷काफलचौर प्राविधिक शिक्षालय र भुरचौर÷स्याउलीबजार सम्मको सडकखण्डलाई संघ, प्रदेश र स्थानीय सरकारको समन्वय, सहकार्य र साझेदारीमा आर।सि।सी तथा कालोपत्रे सडक निर्माण गरिनेछ ।
 कालेगाउँ÷पिपलको÷रुख÷झ्यालिखेत÷पावरहाउस,नेटीबजार÷राम्री÷भावर÷रुपाकोट÷मिथ्याङ्ग्रा÷सरस्वती मा वि पुन्मा हुँदै मेलटाकुरी सम्मको सडक, काफलचौर÷गंगटीय÷कल्लाबारी÷रुपाकोट सडक, काफलचौर÷बुरुङ्गे÷मध्य पहाडी सडक, जगतिपुर÷महतारागाउँ÷सानीचौर हुँदै फेरा सडक, फेरा÷बाल्लेतरा÷पर्सेनी÷डोप्के सडक, बाखखोर÷पट्टवानी÷भुर हुँदै घोरनेटा सडक, गीमी÷काँडागीमा हुदै नवागाउँ मध्यपहाडी जोड्ने सडक, चिसिमुल÷महतारागाउँ÷जगतिपुर सडक, वडा नं। १२ को बराहचौर जगतिपुर सडक, रातामाटे÷धाइरा÷जगतिपुर सडक र बाहुनथाना÷डिँगा सडक, पोखरा÷भेरेखर्क सडक, दारनेटा÷पुरानो रिसाङ्ग, झ्यालिखेति÷साउनेपानी सडक, कोलचौर÷रिठ्डापनी सडक, भेलहाले÷धल्ला सडक, पासागाड÷बराला सडक, पौरी औलमुल्ला सडक, बुङरेखोला÷सालटाकुरा हुँदै काफलचौर सडक, पाल्ते÷समालपाखरा÷साउपाख्रा हुँदै मछाइना सडक, स्याउलीबजार÷पुन्मा हुँदै दोकाना डौरीखोला सडक, स्याउली बजार÷दहबजार हुँदै मिथ्याङ्ग्रा सडक, बराउल÷गंगटीया सडक, वडा नं। ५ को सिसौँखोली देखि चोर्तिबिसाउन सडक र तिमिले÷डोप्के सडकखण्डहरुलाई पूर्णता दिइ बाह्रैमहिना यातायात सुचारु हुने गरी उक्त डकहरुको स्तरोन्नति गरिनेछ ।
 विधुत्तिकरणको काम वांकी रहेका वडा तथा बस्तिहरुमा प्राथमिकताका साथ विधुत्तिकरण गर्न पहल गरिनेछ।
 सार्वजनिक जग्गा अतिक्रमण गर्ने कार्यलाई पूर्ण निस्तेज गरिने छ ।
 नगरपालिकाका सबै वडा केन्द्रम्म अप्टीकल फाइबर लाइन जडान तथा विस्तार गर्न विशेष पहल गरिनेछ ।
 भुरचौर, कुदु र रिम्नामा लिफ्ट सिँचाइ योजना निर्माण गरिनेछ ।
 भेरी नदि किनारा क्षेत्र, फेराखोला, होलुखोला, पासागाड खोलाका जोखिम बस्ति तथा उत्पादनमुलक जमिन क्षेत्रहरुको संरक्षणको लागि जोखिम नक्साङ्कनका आधारमा नदि नियन्त्रण तथा तटबन्धन कार्यलाई अगाडी बढाईनेछ ।
 स्थानीय पूर्वाधार नीति निर्धारण गरी कुदू, रावतगाउ, कालेगाउ, रिम्ना,भूरचैर लगायतका समथर बस्ती तथा एकिकृत वस्ति वसाल्न सकिने अन्य स्थानहरूमा आवश्यकतानुसार एकिकृत जग्गा विकास ९ीबलम एययष्लिन०, एकिकृत बस्ती विकास ९लितभनचबतभम क्भततझिभलत म्भखभयिऊभलत०, एकिकृत आवास विकास ९ज्यगकभ एययष्लिन० को नीति अनुसरण गरी योजना संचालन गर्ने र पुर्वाधार र सेवाको मापदण्ड समेत निर्धारण गरी कmबचत खष्ििबनभको विकास गरिनेछ ।
 जिल्ला सदरमुकामको बजार क्षेत्र वडा नं। ३ र ४ लाई क्mबचत ऋष्तथ को रुपमा विकास र विस्तार गरिनेछ ।
 नगरका मुख्य बजार क्षेत्रहरुमा सौर्य सडक वत्ति जडान तथा विस्तार गर्न ।
 नगर पुर्वाधारको निर्माण गर्दा जनताको सहभागीता, अपनत्व र स्वामित्व कायम गरी शुसासन र दिगो विकासमा जोड दिने वातावरण सुनिश्चित गरिनेछ ।
 नगर गौरवका योजनाहरुको निर्माण गर्न तथा प्राविधिक एवं आर्थिक लगानीका दृष्टिकोणले ठुला एवं महत्वपूर्ण योजनाहरुको प्रोजेक्ट बैँक तयार गरी संघ, प्रदेश सरकार तथा दाताहरू संग समन्वय गरी संचालन गर्ने कार्यालाई सुनिश्चित गरिनेछ ।
 खलंगा शान्तिचैतारा बसपार्कलाइ मूल केन्द्र मानि तल्लो थाप्ले ,रिम्ना, पुन्माको स्याउली र भुरको मेलटाकुरी तथा मछैनामा मिनि वसपार्क निर्माण गरी नगर यातायात सेवा संचालन गरिनेछ।
 सवै नागरिकमा सुचनाको पहुच वढाउन स्थानीय संचार माध्यमसंग ९एफ।एम,दैनिक पत्रिका र अनलाइन० संग साझेदारी गरिनेछ ।
 नगरस्तरमा आधुनिक तथा प्रविधिमैत्री संचार ग्रामको स्थापना गरिनेछ ।
 नगरक्षेत्र भित्रका आम संचारमाध्यमलाइ डिजिटल प्रणालिमा रूपान्तरण गरिनेछ ।
 हाल भैरहेका काठेपूलहरूको विस्थापन गरी झोलुंगे पूल निर्माण गर्न र सडक यातायात संचालनका लागि मोटरेवल पूल निर्माणलाइ उच्च प्राथमिकता दिइनेछ ।
 जाजरकोट दरवार, जगतिपूरको वायुघट्ट, मछाइनाको बडिमालिका, कालेगाउँको शिवालय मन्दिर लगायत सम्पदाको ऐतिहासिक, सांस्कृतिक आधारभूत विशेषताको संरक्षण गर्न संघीय सरकार संगको समन्वयमा पुरातत्व विभागमा अभिलेखिकरण गर्न विशेष पहल गरिनेछ ।
 जोखिमपूर्ण स्थानमा रहेका वस्तिहरूको पहिचान गरी ती स्थानमा वस्ति विस्तार रोक्दै सूरक्षित स्थानमा वस्ति विकास गरिनेछ।
 विकासमा विपद संवेदनशिलता विश्लेषण ९मष्कबकतभच कभलकष्तष्खष्तथ बलबथिकष्क० कार्यान्वयन गरिनेछ ।
 खर र फूसको घर भएकालाइ जस्ता पाता वा ढुङगासहित र घरवास नहुने अति विपन्न, सिमान्तकृत जातजाती, समुदाय र दलितका लागि सुरक्षित घर निर्माण वा सुरक्षित आवासमा सहयोग गरिनेछ ।
 यस नगरपालिकामा रहेका भूमिहिन सुकुम्वासी, मुक्त कमैया, हलिया आदिको वास्तविक लगत संकलन गरी उनीहरुलार्इ आँफूले बसोबास गरेको जग्गाको लालपूर्जा उपलब्ध गराउन कार्ययोजना बनार्इ लागू गर्न र यस सम्वन्धमा नेपाल सरकार, प्रदेश सरकार, सुकुम्वासी समस्या समाधान आयोग लगायत सम्वन्धित अन्य निकायहरुमा जोडदार पहल गरिनेछ।
 सार्वजनिक तथा सरकारी जग्गा र संरचनाको संरक्षण गर्दै तिनको स्वामित्वलाई नगरपालिका ल्याउन विशेष पहल गरिनेछ

नीति रसेवा व्यवस्थापन तथा सुशासन क्षेत्रः
 संघ, प्रदेश र अन्तर स्थानीय सरकारसंगको सहकार्य ,समन्वय र सहअस्तित्व मार्फत समृद्द भेरी नगर निर्माण गरिने छ।
 भेरी नगरपालिकाको विकास र समृि४कालागि आवधिक योजना र रणनीतिगत विषयका क्षेत्रगत मध्यकालिन तथा दीर्घकालिन गुरुयोजना निर्मा०ा तथा अध्यावधिक गर्ने कार्यलाई दृ९तापूर्वक अनुसर०ा गरिने ५ । यस्ता योजनाहरु निर्माण गर्दा नेपाल सरकार र प्रदेश सरकारको नीति, लक्ष्य, उद्धेश्य ,समयसिमा र प्रक्रियासंग अनुकूल हुनेगरि सुशासन, वातावरण, बालमैत्री ,जलवायु परिवर्तन अनुकूलन,विपद् व्यवस्थापन, लैंगिक तथा सामाजिक समावेशीकरण जस्ता अन्तरसम्वन्धित विषयहरुलाइ विशेष ध्यान दिइने छ ।
 सेवा प्रवाहाको व्यवस्थापनमा सार्वजनिक, निजी र सामुदायिक साझेदारी मोडेल सुनिश्चित गरिनेछ ।
 निजी क्षेत्र, सहकारी क्षेत्र, सामुदाय र सरकारको सहभागीतामा सेवा व्यवस्थापन तथा सेवा वितरण कार्यको ठोस नीति निर्माण गरि उक्त नीतिको प्रभावकारी कार्यान्वयन गरिनेछ ।
 नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाह र विकास निर्माण कार्यहरुमा पारदर्शिता, सरोकारवाला सबैको सहभागीता तथा जवाफदेहीतालाई सुनिश्चत गर्न सार्वजनिक सुनुवाई, जनलेखा परिक्षण, सामाजिक परिक्षण र रेडियो संवाद कार्यक्रमलाई संस्थागत रुपमा अनिवार्य संचालन गरिनेछ ।
 संस्थागत स्वमुल्याङ्कन, आर्थक जोखिम मुल्याङ्कन जस्ता विषयहरुलाइ विषेश ध्यान दिइनेछ । बजेट तर्जुमा पूर्व मध्यकालिन खर्च संरचनाको दस्तावेज अनिवार्य निर्माण गरी कार्यान्वयनमा ल्याइनेछ ।
 फोहर व्यवस्थापनको शिघ्र एवं प्रभावकारी व्यवस्थापन गर्न, आन्तरिक राजश्व संकलनको कार्यलाई नतिजामुलक वनाउन र संस्थागत आन्तरिक सुरक्षा व्यवस्थापन कार्यलाई सुदृढ राख्न नगर प्रहरीको १ वर्षभित्र व्यवस्थापन गरिनेछ ।
 विषयगत क्षेत्रका सेवाप्रवाहलाई आवश्यक्ता अनुसार विभिन्न सेवाकेन्द्र मार्फत सुनिश्चित गरि नागरिकको सेवा पहुँचलाई सरल र प्रभावकारी गराइनेछ ।
 भ्रष्टाचारजन्य गतिविधिलाई नियन्त्रण गर्न शुन्य सहनशिलताको नीति अनुसरण गरिनेछ ।
 गुणस्तरीय विकास, नगर सरकारका गतिविधहरुको निगरानी तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन वडा स्तरीय नागरिक मञ्च (विभिन्न टोल सुधार समिति, युवाक्लब, वालक्लव, आमा समुह, स्वास्थ्य स्वयंसेविका तथा विभिन्न औपचारिक अनौपचारिक समुहहरु आदी० को प्रभावकारी परिचालन गरिनेछ ।
 नगरबासीका विभिन्न समस्या र गुनासाहरुलार्इ सम्वोधन गर्न र नगर प्रमुखसँग जनताको सिधा सम्पर्क कायम गर्न जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने र उक्त कार्यक्रमको कार्यविधि बनार्इ नगर प्रमुख समक्ष आएका जनताका माग र गुनासाहरुलार्इ छोटो विधि ९ँबकत त्चबअप० बाट सम्वोधन गर्न ।
 नैतिक , सदाचारयुक्त , समतामुलक ,शुसासित र भष्ट्राचारमुक्त नगर निर्माण गर्ने कार्यलाई दृढतापूर्वक कार्यान्वयन गरिनेछ ।
 प्राकृतिक श्रोत साधनको ब्यवस्थित र दिगो उपयोगबाट दिगो विकासका लक्ष्य प्राप्ति गर्न आवश्यक नीति तथा कार्यक्रमहरुको तर्जुमा गरी व्यवहारिक कार्यान्यनलाई जोड दिइनेछ ।
 समृद्द नेपाल ,सुखी नेपालीको राष्ट्रिय अकांक्षा र नगरको विकास तथा सेवा प्रवाहको सामाजिक इच्छा वा शक्ति ९क्यअष्ब िध्ष्िि यच भ्लभचनथ० र राजनीतिक प्रतिवद्दता पुरागर्न आबश्यक नीति ,विधी र कानूनको निर्माण तथा कार्यान्वयन गरिनेछ ।
 स्थानीय सेवा प्रवाह र कार्यसंचालनमा नवप्रर्वतन तथा नविनत्तम प्रविधि मार्फत म्ष्नष्तष्शबतष्यल बलम बगतयmबतष्यल कार्यालाई थप सुदृढ एवं प्रभावकारी बनाइनेछ ।
 नगरका प्राथमिकता, संभावना र विकासका सन्दर्भमा अध्ययन तथा अनुसन्धान गर्न पत्रकार , शिक्षक ,उधोगि ,ब्यवसायी ,विज्ञ , विद्यार्थी, एवंम वुद्दिजिविहरूको सहयोगमा ीयअब ित्जष्लप त्बलप कगउउयचत ९ीत्त्क्० कार्यक्रम संचालन गरिनेछ।


ताजा समाचार