Loading... आजः आइतवार, जेष्ठ १, २०७९

नगर प्रमुखकाे उमेद्वारी रद्धकाे माग सहित खड्का बिरुद्ध उजुरी

बिनाेद कुमार घर्ती, जाजरकाेट,१४ बैशाख ।  जाजरकाेटकाे भेरी नगर पालिका नगर प्रमुखका उमेद्वार खड्का बिरुद्ध उजुरी परेकाे छ । एकिकृत समाजवादि जाजरकाेटका अध्यक्ष समेत रहेका कमान बहादुर खड्काकाे उमेद्वारी रदकाे माग गर्दै निर्वाचन कार्यालयमा उजुरी परेकाे हाे । बुधवार नेकपा एमाले भेरी नगर कमिटिले नगर प्रमुखका उमेद्वार समेत रहेका खड्काकाे उमेद्वारी रदकाे माग गरेकाे छ । लामाे समय निर्माण व्यावसायी क्षेत्रमा रहेका खडकाले बिकास निर्माणका आयोजना समयमै काम नगरेकाे भन्दै मुख्य निर्वाचन अधिकृतकाे कार्यालमा उजुरी दर्ता भएकाे छ ।

भेरी नगरपालिका भित्रका शन्ताेष निर्माण सेवा मार्फत कुदु रंगशाला निर्माणमा खड्काले २०७६ चैत्र ५ गते ८ लाख ४२ हजार १ सय १९ रुपैया पेश्कि रकम लिएकाे निबेदनमा उल्लेख गरिएकाे छ । २०७८ असार १५ गते सम्म कार्यसम्पन्न गर्नुपर्ने ५२ लाख ७ हजार ८ सय १८ रुपैयामा सम्झौता भएकाे थियाे । निर्वाचन आयाेगले निर्माण व्यवसायीहरुकाे पेश्कि रहेमा वा उक्त कम्पनिमा बहाल अवस्थामा रहेकाे व्यक्तिलाइ उमेद्वारी दिन नमिल्ने आचार सहितामा उल्लेख गरेकाे छ ।

यस्तै खड्काले सन्ताेष निर्माण सेवाबाट स्वास्थ्य चाैकि भवन निर्माण भेरी नगरपालिका ४ काे २०७६ चैत्र ५ गते ठेक्का लिएका थिए । साे ठेक्का पनि २०७८ असार १५ गते सम्पन्न गर्ने रु ४ कराेड ३९ लाख ६ हजार ४ सय १३ रुपैयामा सम्झौता भएकाे थियाे । साे आयाेजनाकाे २ कराेड ५९ लाख ६ हजार रकम भुक्तानी भएकाे उत्त निवेदनमा उल्लेख गरिएकाे छ । निर्वाचन अधिकृतकाे कार्यालयमा दिएकाे निवेदनमा उधोग तथा उपभाेक्ता हित स‌ंरक्षण कार्यालय र शिक्षा विकाश तथा समन्वय इकाइ कार्यालय जाजरकाेटकाे बाेहरा स्थीत भवनहरु अलपत्र पारेकाे पाइकाे छ ।


ताजा समाचार