Loading... आजः आइतवार, जेष्ठ १, २०७९

शिक्षकवाट राजीनामा नदिएरै नलगाडको उपमेयरमा उम्मेदवारी दर्ता

जाजरकोट । स्थानिय तहको चुनावमा उम्मेदवार हुन बहालवाला जनप्रतिनिधि सँगै निजामती कर्मचारी र शिक्षकहरुले पनि राजीनामा दिनु पर्ने कानुनी व्यवस्था छ । तर जाजरकोटका एक शिक्षकले राजनीनमा नदिएरै उपमेयरमा उम्मेदवारी दर्ता गराएको पाइएको छ ।

नेपाली काँग्रेसबाट टिकट पाएर नगरगाड नगरपालिकाको उपमेयरमा मनोनयन दर्ता गराउनु भएका शिक्षक तेज बहादुर खत्रीको राजीनामा स्वीकृत नभएको पाइएको छ । नलगाड नगरपालिका २ घर भएका खत्री त्रिभुवन मावी खलंगाका निमावी तहका स्थायी शिक्षक हुनुहुन्छ ।

शिक्षक खत्रीले शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय जाजरकोटमा राजीनमा पत्र बुझाएपनि उहाँको परिवारले असन्तुष्टी जनाएपछि राजीनमा स्वीकृत नभएको पाइएको काँग्रेस जाजरकोटकी नेतृ सरीता सिँहले जानकारी दिनु भयो ।

चुनवामा उम्मेदवार हुन अहिले सम्म तिन जना शिक्षकले मात्र राजीनामा दिएर गएको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयका प्रास दलविर पुनले जानकारी दिनु भयो । जुनिचाँदेका आधारभुत तहका शिक्षक खडकनाथ योगी, शिवालयका थल बहादुर बुढा र छेडागाडका मान बहादुर बुढाले मात्र राजीनामा दिएको उहाँले जानकारी दिनु भयो ।

स्थानिय तहको कुनैपनी पदमा उम्मेदवारी दिन शिक्षक, कर्मचारी तथा बहालवाला जनप्रतिनिधिले राजीनामा दिएको हुनुपर्दछ र मनोनयन दर्ता गराउदा समेत स्वघोषणा गर्नुपर्दछ ।


ताजा समाचार