Loading... आजः बुधबार, जेष्ठ १७, २०८०
Trending

दलित समुदायका यूवा नेता राम बहादुरकाे जिवनी

जाजरकाेट,१३ बैशाख । 
जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका दलित समुदायमा वि.स २०४४।११।०६ गते बुवा बिरे तीरुवा र आमा जैसरा तिरुवाको कान्छो छोराको रुपमा राम बहादुर नेपालिको जन्म भएको थियो । गाउँमा घर बनाउने हलो जोत्ने खेतिपार्ती गर्दै नेपालिलाई हृकायका थिए । नेपालि जन्मीएको ६ बर्ष पछि नेपालीले साबिक मजकोट गाबिस वडा नं. ६ मा रहेको भैरव प्राविबाट शिक्षा क्षेत्रको सुरुवात गरेका थिए । उनी कक्षा ७ सम्म भैरव निमावी अध्ययन गरेका थिए ।

मावि तहको शिक्षा हासि गर्नका लागि साबिक दशेरा गाबिसमा रहेको जनप्रीय मावि दशेरामा कोठा भाडा लिएर अध्ययन गरेका थिए । दलित समुदायको छोरो हुदानको नाताले घर समेत छुन समेत नदिएता पनि उनको शिक्षा रोकिएन । आमा बुवाको आर्थिक अवस्था न्यून भएकोले आमा बुवाले हलो जुवा बेचि बाख्रा,कुखुरा बेचेको पैसाले नेपालीको खर्च चल्थ्यो ।

कतिपय महिना त पढाई खर्च धानका लागि भारत समेत मजदुरी सानै उमेरमा गएर परिश्रम गरेका थिए । पराईको देशमा भाषा समेत नआउने अवस्थामा नेपाली धेरै पटक मजदुरीका लागी भारतमा गएर पढाई खर्च जुटाएका थिए । घरमा एक्ला आमा बुवा आफु भन्दा माथिल्लो जातको घरमा हलो जोतेर श्रम गर्दै जम्मा गरेको पैशाबाट नेपाली २०७३ सालमा दशेराबाट एसएलसी परिक्षामा उतिर्ण भएका थिए ।

सानै उमेरमा राजनिति र समाज सेवामा चासो राख्ने नेपाली सानो जतकै कारण तनाम अन्यायको सिकार समेत हुन्थ्य । संगै अध्ययन गर्ने साथीहरु देखि गाउँका अन्य नागरिक सम्म दलितको छोरा भन्दै होपिनुको पिडा अलिे पनि नेपाली सम्झीन्छन । नेपालीले एसएलसीमा मात्र शिक्षा रोकिएन उनि पश्चिम जाजरकोटको एउटा दलित परिवारको शिक्षीत युवा अन्तर्गतमै गनिन्थे । गाउँमा अध्ययनन गर्नका लागि खर्च समेत नहुदा सामान्य अध्ययन पछि गाउँ छोडेर भारत प्रस्थान गर्नुपर्ने दलित समुदायको कल्चरनै थियो ।

May be an image of 1 person, sky and mountain

त्यो समुदायको भ्रम राम बहादुरले चिरेका थिए । क्यापस अध्ययन गर्दा देखिनै क्रान्तीकारी स्वभाव भएका उनि दलित समुदायको आवाजको रुपमा चिने गरेका थिए । २०६४ सालमा नेकपा एमालेको मजकोट गाबिसको संगठित सदस्य भएका थिए । राजनिति संगै राम बहादुरले २०७० सालमा जनसंख्या बिषयमा स्नातक स्तर उक्तिण गरेका छन । यस्तै उनि २०६६ सालमा राष्टिय दलित नेटर्क जिल्ला कार्य समितिको सदस्यता प्राप्त गरेका थिए । उनी छोटो समयमै २०६७ सालमा राष्टिय दलित नेटर्क जिल्ला कार्य समिति जाजरकोटको सह सचिवमा चयन भएका थिए ।

उनले २०६४ सालमा मजकोटमै बेलपत्री प्राबि बिद्यालयको स्थापना गरि १० बर्ष शिक्षण पेशामा १२ सय रुपैयाको मासिक पारिश्रमीकमा निजि स्रोतमा अध्ययन गरेका थिए । गाउँमा नियमिति पैसा नभए पनि मकै,कोदो,धान,लगाएतका अनपात लिएर समेत राम बहादुरले अध्ययन गराएका थिए । सानै उमेर देखि निकै दुखमय जिवन बिताएका उनि आफना गाउँका बालवालिका अशिक्षित नहोस भन्नका लागि बिस्कुट चक्लेट समेत दिएर बिद्यालयमा ल्याउथे । बाल्य अवस्था देखिनै जनताको बिचमा प्रस्ट बक्ताको रुपमा रहेका उनलाइ नेकपा एमाले २०७४ सालको स्थानीय तहको निर्वाचनमा जुनीचाँदे २ को वडाअध्यक्षको उमेदवारको रुपमा अगाडी सारेको थियो ।

दलित समुदायको अपत्यारा देखिने राम बहादुर जनताको बहुमतले वडा अध्यक्षमा बिजय भए । उनि नेपाली काग्रेसका जय बहादुर नाथ संग १ सय मतको अन्तरले बिजय भएका थिए । निर्वाचित भए संगै जुनीचाँदे गाउँपालिकामा बिभिन्न सवालमा रामबहादुर निकै सकृय थिए । बर्षै देखि अबरुद्ध रहेको मजकोटको नेपाल टेलिकमको टावर निर्माण देखि प्रत्यक बस्तीमा सडक सञ्जाल सम्मका उहाँको कार्यकालको प्रमुख कामका रुपमा हेर्न शकिन्छ । उनि पटक पटक सत्ता भित्रै पनि बिवादमा आउने जनप्रतिनिधिको रुपमा परिचित हुन ।

No photo description available.

सरकारको नितिबिपरित गरेका कार्यको खवरदारी गर्दा नेपाली आर्थीक समितिको संयोजक सरकारको प्रभक्ताबाट समेत ब्रखास्त गरिएको थियो । सेवा सुबिधा लिनु भन्दा जनतालाई दिनु पर्छ भन्ने भावना राखेका उनि पछिल्लो समय २ नम्बर बासिको प्रीय यूवा नेताको रुपमा चिनिन्छन । २०७८ सालमा तत्कालीन नेकपा बिभाजन भएको बेला नेपालीले जुनीचाँदे गाउँ कमिटिको संयोजकको जिम्मेवारी कुशल्ता पूर्ण निर्वाह गरेका थिए । यस्तै २०७८ सालमा उनि किसान महासंको केन्द्रीय सदस्यको नियूक्त भएका थिए ।

May be an image of 1 person

उनि जाजरकोट जिल्लाबाट किसान महासंघको दशौं महादिवेशनको प्रतिनिधि भएका थिए । गत पुसमा २७ गते सम्म नेकपा एमालेको छौठौं जिल्ला अबिधेशनबाट जिल्ला कमिटि सदस्यमा भारि मतका साथ निर्वाचित भएका थिए । उनिले आफनो वडामा कार्यान्वयनमा रहेका बिकास निर्माणलाई पूरा गर्नका लागि पून उमेदवारी दिएका छन । समुदायमा रहेको गरिबी अन्त्यको लागि नेकपा एमालेको तर्फबाट वडा न २ को वडा अध्यक्षमा उमेदवारी दिएका छन । हाल जनताको घरदैलोमा आफनो कार्यकालमा भएका कार्यहरुको समिच्छा गर्दै मतदाता संगै ब्यक्त रहेका छन ।


ताजा समाचार