Loading... आजः आइतवार, जेष्ठ १, २०७९

एमालेबाट भेरीकाे मेयरमा घर्तीले गरे मनोनयन दर्ता

जाजरकाेट । भेरी नगरपालिकाको मेयरमा नेकपा एमालेबाट चन्द्र प्रकाश घर्ती र उप–मेयरमा  साबित्री चन्दले उम्मेदवारी दिएकी छन् । सोमबार भेरी नगरपालिकाकाे मुख्य निर्वाचन अधिकृतको कार्यलय पुगेर उनीहरूले उम्मेदवारी दिएका हुन् ।

उनीहरू एमाले पार्टी खलंगा सम्पर्क  कार्यालयबाट बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका थिए । घर्ती र चन्दको उम्मेदवारी दर्ता गर्न नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा कर्णाली प्रदेशका सह इन्चार्ज निरज आचार्य पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

घर्ती नेकपा एमाले केन्द्रीय सदस्य तथा जाजरकाेट जिल्ला सह-इन्चार्ज समेत हुन् भने यस अघि  भेरी नगरपालिका  प्रमुख समेत बनेर काम गरेका हुन् ।

यस्तै, उप–मेयर चन्द नेकपा एमालेकाे भेरी नगर कमिटि सदस्य सकृय राजनितिमा निरन्तर महिलाकाे आवाज उठाउदै अाएकी छन् ।


ताजा समाचार