Loading... आजः सोमवार, असार १३, २०७९

जाजरकाेटमा माओवादि काग्रेस गठबन्धनको संकेत

जाजरकाेट,१० बैशाख ।

अहिले गठबन्धनभित्रै गठबन्धन बन्ने अवस्था देखिएकाे छ । सत्तारुढ पाँच दलीयकाे  गठबन्धन बिच भाकबन्डा नमिल्दा जिल्ला तहका नेताहरु निर्णयकाे पर्खाइमा छन । प्रदेशले कुन पालिका पार्टीकाे भागमा पार्छ भन्दै जिल्ला स्थीत दलका नेताहरु सदरमुकाम खलंगाका हाेटलमा बस्दै आएका छन् ।

निर्वाचन आयाेगले आइतवार उमेद्वारकाे मनाेनयन दर्ताकाे कार्यतालिका सार्वजनिक गरेकाे छ । तर गठबन्धन दलहरुले अहिले सम्म प्रदेश संघकाे निर्णयकाे पर्खाइमा रहेका छन । जिल्लामा  सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र नेपाली काग्रेसले  छुटै गठबन्धनकाे छलफल अगाडि बढाएकाे एक नेताले बताए ।  कांग्रेस र माओवादिले जिल्लामा  आवश्यकताअनुसार मात्र तालेमेल गर्ने अभ्यास गरेकाे नाम नबताउने सर्तमा एक नेताले बताए र कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ता पनि उत्साहित देखिएका छैनन् ।

‘तालमेल÷गठबन्धन कस्तो हुन्छ भन्ने अहिले सम्म टुगाेमा लागेकाे छैन । अहिले सम्म नलगाड ,जुनीचाँदे शिवालय,भेरी नगरपालिका माओवादि केन्द्रकाे दाबि रहेकाे छ । भेरी, छेडा,कुशे र बारेकाेट नेपाली काग्रेसकाे दाबी रहेकाे भिजन खबरलाइ एक नेताले बताए ।

एकीकृत समाजवादी पार्टीले जिल्लाकाे छेडा र भेरी मागेकाेले एकीकृत समाजवादीले  बाहेकका दल आन्तरिक छलफलमा जुटेकाे उनले बताए । जिल्लामा उपप्रमुख र उपाअध्यक्षमा समेटन सक्ने अवस्था रहन्छ प्रमुख जिम्मेवारी नसिकने नेपाली काग्रेस जाजरकाेट स्राेतले जनाएकाे छ । काग्रेस पार्टीले आफ्नो शक्तिलाई सुदृढ गर्ने र आवश्यकता अनुसार तालमेल पनि गर्ने कुरा गरेको हुनाले आवश्यक तालमेलसहित चुनाव भाग िलने नेताहरुकाे तर्क छ । याे संगै जाजरकाेटमा एकीकृत समाजवादी बाहिरीने संकेद देखिएकाे छ ।

एकीकृत समाजवादी जाजरकाेटका अध्यक्ष कमान खड्का पार्टिकाे निर्णय कुरेर बसेकाे आफु अनुकुल निर्णय नभए पार्टीबाट रािजनामा दिएर स्वतन्त्र लड्ने तर्क दिदै आएका छन । जिल्लामा माओवादि काग्रेसकाे गठबन्धन कायम रहे एकीकृत समाजवादी स्वत हराउने राजनितिज्ञहरु बताउछन । पुच्छरकाे रुपमा रहेकाे एकीकृत समाजवादी जन स्तरमा कार्यकर्ता विनकाे ठुलाे भाग माग्नाले कर्यालीकाे टुगाे नलागेकाे एक नेताले बताए ।

उता कर्णालीमा सत्ता गठबन्धनको बैठकले भागबण्डा करिब–करिब अन्तिम टुङ्गोमा पुगेको बताएकाे छ । अहिलेसम्म कर्णालीका सात जिल्लाको भागबण्डा मिलिसकेको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले  जनाएकाे छ ।  हुम्ला, दैलेख, जाजरकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा जिल्लाको पालिकाको बाँडफाँटमा कुरा मिलिसकेको जनाए पनि जाजरकाेटमा भने राजनितिले नयाँ माेड लिएकाे छ ।


ताजा समाचार