Loading... आजः मङ्लबार, जेष्ठ ३, २०७९

प्रेसचौतारी द्धारा पादाधिकारीलाई सम्मान

जाजरकोट,३० पुस ।
प्रेस चौतारी नेपाल जाजरकोटले ऐमालेका पदाधिकारीहरुलाई सम्मान गरेको छ । शुक्रवार जिल्ला सदरमुकाम खलंगामा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । गत पुस २७ गते सम्पन्न निर्वाचनबाट जिल्ला कमिटीमा निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको थियो ।

नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्र प्रकाश घर्तीको प्रमुख अथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । गत पुस २३ गतेबाट सञ्चालनमा रहेको नेकपा एमालेको छौंठो अबिधेशन निर्वाचित पार्टी अध्यक्ष लगाएतका पदाधिकारीलाई सम्मान गरिएको प्रेस चौतारी नेपाल जाजरकोट शाखा अध्यक्ष बिनोद कुमार घर्तीले बताए ।


प्रेस समाजको ऐना भएकोले सत्यतथ्यमा आधारीत कलम चलाउनु पर्ने नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रप्रकाश घर्तीले बताए ।, जिल्लामा भौगोलिक बिकटता संगै यहाँका नागरिकहरु अझै सञ्चार माध्यामबाट बञ्चित रहेको उनको भनाई छ । पार्टी भित्र गुट, उपगुट भन्दा पनी शान्तिपूर्ण चुनावबाट युवा नेतृत्व चयन भएको उनको भनाइ थियो ।


जिल्लाको आगामी ३ तहको निर्वाचनमा कस्तो नतिजा ल्यउने युवा नेतृत्वको काधमा जिम्मेवारी रहेको उनको भनाई छ । पार्टिमा योग्दानका कारण एउटा जुझारु नेतृत्व आएको नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य कौशिलावती खत्रीले बताइन । जिल्लामा एमाले खोज्नेको लरहर रहेकोले आगामी निर्वाचनमा जाजरकोट ऐमालेको किल्ला हुने उनको दाबी थियो । जिल्लामा गुटको अन्त्य गर्ने नव निर्वाचित नेकपा एमालेका अध्यक्ष खिम बहादुर शाहीले बताए । जिल्लामा बिगतका गुट भन्दा माथि उठेर आफनो कार्यकालमा केही नयाँपन दिने उनको भनाइ थियो । कार्यक्रममा बोन्दै अध्यक्ष शाहीले दोस्रो कार्यकालमा अध्यक्षको दाबी समेत नगर्ने घोषणा गरेका थिए ।


प्रेस जगतमा जाजरकोट जिल्लाले अमूल्य योग्दान गरेको प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष तथा नवनिर्वाचित नेकपा एमालेका सचिव विर बहादुर गिरीले बताए । दुर्गमको पिडालाई छिचोल्दै नागरिकहरुको आवाज राज्य सामु पुलको भुमिका समेत जिल्लाका मिडियाहरुले खेलेको उनको भनाई थियो ।

प्रेस चौतारीको यात्रा पछी राजनितीमा सकृय भएका सचिव गिरीले अबको एमाले कुनै ठाउँ नचुकने उदघोष गरेका थिए । यस्तै कार्यक्रममा जिल्ला कमिटिका पदाधिकारी निवर्तमान कार्यसमितिका पदाधिकारीहरुको उपसथिती रहेको थियो ।


ताजा समाचार