Loading... आजः सोमवार, जेष्ठ १५, २०८०
Trending

जाजरकोटमा पहिलोपटक दुग्ध चिस्यान केन्द्र सहितको डेरी स्थापना 

जाजरकोट । जिल्लामा पहिलोपट दुग्ध चिस्यान केन्द्र सहितको डेरी स्थापना भएको छ । रातोपाण्डा युवा कृषि सहकारी संस्थालले जाजरकोटको भेरी नगरपालिका ११, स्थित पुलमटेलामा दुग्ध चिस्यान केन्द्र सिहतको दुध डेरी स्थापना गरेको हो ।

नेकपा एमालेका केन्द्रिय सदस्य तथा भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले बिहिबार दुग्ध चिस्यान केन्द्र सहितको दुध डेरी उद्घाटन गर्नु भएको छ ।

जिल्लाका कृषकहरुले उत्पादन गरेको दुध संकलन गरी जिल्ला भित्र र बाहिर निर्यात गर्ने उद्देश्यले एक हजार लिटरको चिस्यान केन्द्र सहितको डेरी संचालनमा ल्याइएको सहकारीका अध्यक्ष ढोले घर्तीले जानकारी दिनु भयो ।

कृषि क्षेत्र विकास कार्यक्रमबाट चिलिङ्ग भ्याट प्राप्त गरेपछि जिल्लाका कृषकहरुले उत्पादन गरेको दुधलाई सदुपयोग र बजारीकरणमा सहज बनाउन सहकारीले डेरी स्थापना गरेको हो ।

नेकपा एमालेका केन्द्रिय सदस्य तथा नगरप्रमुख घर्तीले दुग्ध चिस्यान केन्द्र स्थापना भएपछि कृषकहरुले उत्पाद गरेको दुधले जिल्ला भित्रको तथा जिल्ला बाहिरको बजार सम्म पहँुच प्राप्त गर्ने विश्वास व्यक्त गर्नु भयो । अवदेखी कृषकहरुले उत्पादन गरेको दुधको बजारमा सुचिश्चितता मात्र थपिएको नभई स्वच्छ, स्वास्थ र गुणस्तरीय संकलन र वितरण हुने उहाँको भनाई छ ।

त्यस्तै दुध उत्पादनको लागि कृषकहरुको व्यवसायीक रुपमा गाई तथा भैसिपालन व्यावसाय बढ्दै जाने र कृषकहरु स्वोरोजगार हुने उहाँको भनाई छ । स्वास्थ्यका लागि बजारका बस्तु भन्दा दुध सेवन गर्ने वानीको विकास गर्नु पर्ने बताउदै यस्ता उत्पादन मुखी कार्यक्रममा नगरपालिको संधै साथ रहने प्रतिवद्धता जनाउनु भयो ।

त्यस्तै पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख जर बहादुर भाक्रीले जिल्लामा पहिलोपटक दुग्ध चिस्यान केन्द्र स्थापना हुनु यहाँका पशुपालक कृषकहरुको लागि खुसीको कुरा भएको बताउनु भयो । उहाँले जिल्लामा अब व्यावसायिक पशुपालन गर्ने कृषकहरुको संख्या बढ्ने बताउनु भयो । कृषकहरुले उत्पादन गरेको दुध सही रुपमा सदुपयोग हुनेछ उहाँले भन्नु भयो ।

बढीभन्दा बढि दुध उत्पादन गर्न कृषकहरुलाई आग्रह गर्दै बजारीकरणको लागि आवश्यक पहल गरीदिने उहाँले बताउनु भयो । दुधबाट बनेका परिकार स्वास्थ्यका लागी निकै फाइदाजनक हुने हुदा यस चिस्यान केन्द्र थता डेरीलाई प्रवद्धन गर्न आफुले पहल गर्ने उहाँको भनाई छ ।

त्यस्तै कृषि क्षेत्र विकास कार्यक्रमका खेम भट्टले यातायातको पहँुच भएका दुध उत्पादन क्षेत्रमा चिलिङ्गभ्याट स्थापना गरी दुध संकलन, भण्डारण र विक्री वितरणमा प्रोत्साहित गर्न सकियो भने दुग्ध उत्पादन कृषकहरु निकै लाभाम्बित हुने विश्वास व्यक्त गर्नु भयो । त्यही अनुरुप यो चिस्यान केन्द्र स्थापना गर्न आफुहरुले सहयोग गरेको बताउदै अब कृषकहरुले बढीभन्दा बढी दुध उत्पादनमा जोड दिन आग्रह गर्नु भयो ।

ग्रमिण क्षेत्रमा गाई भैँसी पालन व्यवसायलाई बढवा दिन र दुध उत्पादनमा बृद्धि गर्न चिस्यान केन्द्रको लागि चिलिङ्गभ्याट प्रदान गरेको बताउनु भयो ।

चिलिङ्गभ्याट सहितको डेरी स्थापना भएपछि भेरी नगरपालिका आसपासका कृषकहरु निकै खुसी भएका छन् । कृषक केवल भारती, मनविर रोकाय, कालीका घर्ती लगायतका कृषकहरुले आव आफुहरुले उत्पादन गरेको दुध सदुपयोग हुने र आर्थिक उन्नती हुने बताउनु भयो ।

 


ताजा समाचार