Loading... आजः मङ्लबार, असार १४, २०७९

एमाले केन्द्रीय कमिटी सदस्यमा डम्बर सिङको उम्मेदवारी घोषणा


जाजरकोट । नेकपा एमालेका अनुभवी नेता डम्बर बहादुर सिङले पार्टीको केन्द्रीय कमिटी सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । चितवनमा हुन लागेको पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमा पिछडिएको क्षेत्र बाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

कर्णालीको दुर्गम जिल्लाको अति दुर्गम गाउँ बारेकोटमा जन्मेका र लामो समयदेखी राजनीतिमा सक्रिय रहेका नेता सिङ जिल्लाबासीका प्रिय मानिन्छन् । पार्टी जिल्लाको नेतृत्व गरेर जाजरकोटमा एमालेलाई पहिलो पार्टी बनाउन महत्वपुर्ण भुमिका खेलेका सिङ संगठनप्रति निष्ठावान तथा सिद्धान्त प्रति अविचलित रहेकोले कार्यकर्ता तथा जनताले निकै मन पराउने नेताका रुपमा परिचित छन् ।

दुई कार्यकाल एमाले जाजरकोटको अध्यक्ष भएका नेता सिङ हाल कर्णाली प्रदेश कमिटीका सदस्यको जिम्मेवारीमा रहेका छन् । जिल्ला देखी केन्द्र सम्म सम्बन्ध जोड्न सफल समेत छन् ।

लामो समय देखी पार्टीका बिभिन्न निकायमा सफलतापुर्वक काम गरेकोले महाधिवेशनमा सहभागी प्रतिनिधिले आफुलाई विश्वास गरेर जिताउने आशा व्यक्त गरेका छन् ।

को हुन डम्बर बहादुर सिङ ?

१. १७ बर्ष शिक्षण पेशा, २०५५ साल देखी नेकपा एमालेको पुर्णकालीन कार्यकर्ता ।

२. २०६२ देखी २०७१ सम्मा जिल्ला पार्टी सचिव र अध्यक्ष ।

३. सुकुम्बासी आयोगको जिल्ला अध्यक्ष ।

४. २०७० को संविधान सभा चुनावमा पार्टीको पक्षबाट उम्मेदवार ।

५. माओवादी दोद्धको वेला जेल हिरासत कुटाइपिटाइ सहितको यातना पाएको ।

६. जिल्ला खेलकुद विकास समितिको अध्यक्ष ।

७. २०७२ देखी कर्णाली प्रदेश कमिटीको सदस्य ।


ताजा समाचार