Loading... आजः सोमवार, जेष्ठ १५, २०८०
Trending

कृषकलाई उन्नत जातको गहुँकाे बीउ वितरण गदै भेरी नगरपालिका


जाजरकोट । उत्पादन वृद्धि गर्न भेरी नगरपालिकाले कृषकहरुलाई उन्नत जातको गहुँकाे बीउ वितरण गरेको छ । बिहिबार नगरप्रमुख चन्द्रप्रकाश घर्तीले १२०४ उन्नत जातको गहुँकाे बीउ कृषकहरुलाई वितरण गर्नु भएको हो ।

गहुँबाली लगाउने समयमा कृषकहरुको आवश्यकता तथा मागमा आधारीत रहेर ६० क्वीन्टल उन्नत जातको गहुँकाे बीउ संकलन गरी वितरण भैरहेको कृषि शाखका प्रमुख यज्ञ अधीकारले जानकारी दिनु भयो ।

गहुँकाे उत्पादनलाई वृद्धि गर्न नगरपालिकाले कृषकहरुलाई ७५ प्रतिशत अनुदानमा बीउ बितरण भैरहेको छ । ५० हेक्टर जमीनमा पुग्ने गरी नगरपालिकाले गहुँकाे बीउ खरीद गरी वितरण भैरहेको शाखा प्रमुख अधीकारले जानकारी दिनु भयो ।

बीउको अभाव भएका कृषकहरुलाई तुरुन्तै नगरपालिकामा सम्पर्क गरी उन्नत जातको गहुँकाे बीउ लिएर खेती गर्न नगरप्रमुख घर्तीले आग्रह गर्नु भयो । कृषकहरुका हरेक समस्या नगपालिकाले समाधान गरीरहेको छ केही समस्या भए तुरुन्तै खवर गर्नु उहाँले भन्नु भयो । भेरी नगरपालिका गहुँकाे बीउमा आत्म निर्भार भएर अन्य जिल्लामा निर्यत गरीरहेको समेत उहाँले जानकारी दिनु भयो ।

यस बर्ष भेरी नगरपालिकाका कृषकले उत्पादन गरेका ३० क्वीन्टल गहुँकाे बीउ पश्चिम रुकुमको आठबिसकोट नगरपालिका निर्यात भएको र १० क्वीन्टल बारेकोट गाउँपालिका पठाउन लागेको शाखा प्रमुख यज्ञ अधीकारीले जानकारी दिनु भयो ।


ताजा समाचार