गैर आवासीय नेपाली संघको केन्द्रिय सह–कोषाध्यक्षमा यमुना भट्टराईनै किन ?
जाजरकोट । गैर आवासीय नेपाली संघको (एनआरएन) को केन्द्रिय सह–कोषाध्यक्ष मा अमेरीका निवासी यमुना भट्टराइले उम्मेदवारी घोषणा गर्नु भएको छ । यही अक्टोवरमा हुनगैरहेको एनआरएन को १० औँ महादिधवेशनमा केन्द्रिय सह–कोषाध्यक्ष (महिलातर्फ) मा यमुनाले आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको हो ।
अमेरीकाको टेक्सासमा बसोबास तथा बिभिन्न राज्यमा आफ्नो व्यावसाय गर्दै आउनु भएकी यमुनालाई अध्यक्षका उम्मेदवार डा.बद्री केसीले समेत समर्थन गर्नु भएको छ । गैर आवासीय नेपालीहरुमा परिचित रहनुभएकी उहाँले नेपालीहरुको संघसस्था बलियो भए उनीहरूको आवाज पनि बलियो हुने भन्दै एनआरएनको हितको लागि आफुलाई मतदान गरी बिजय गराउन आग्रह गर्नु भएको छ ।
उदयमान महिला नेत्री यमुना अमेरीकाको बिभिन्न सामाजिक संघसंस्थामा लामोसमय आवद्ध रहदै विगत दुई बर्ष देखी एनआरएन को सदस्यको जिम्मेवारी निर्वाह गरीरहनु भएको छ ।
उहाँले विश्वभरी छरीएर रहेका नेपालीलाई गैरआवासीय नेपाली संघ मार्फत एकताको सुत्रमा ल्याउन आफ्नो नेटवर्क विस्तार गर्ने प्रतिवद्धता समेत जनाउनु भएको छ ।
उहाँ नेपाल र नेपाली समाजमा सहयोगी व्यक्तित्वको रूपमा मात्र नभइ सिंगो नेपाल राष्ट्रको गौरबको रुपमा नेपाली र अमेरिकी समाजका बिचमा समेत स्थापित भैसक्नु भएको छ !
अमेरिका मात्र नभएर खाडी मुलुक लगायत बिस्वभरि छरिएर बिदेसिन बाध्य तिस लाख भन्दा बडी नेपाली श्रमिक, विद्याथीलाई जन्मभुमि नेपाल सँग जोड्नु र उनीहरुको हक अधिकारलाई स्थापित गर्नु गैर आवासीय नेपाली संघको प्रमुख कर्तब्यका रहेकोले त्यसलाई सहज ढंगले काम गर्नु आफुलाई मतदान गर्न आग्रह गर्नु भएको छ ।
एनआरएन लाई राजनीति भन्दा टाडा राख्नु पर्ने धाराण उहाँको छ । गैर आवासीय संघ अन्तरास्ट्रिय समन्वय परिषद आइसिसीको सदस्यमा समेत कार्यरत रहनुभएकी भट्टराईले नेपाल बाहिर रहेका नेपाली महिला दिदिबहिनीले भोग्नु परेको समस्या र त्यसको समाधानका लागि आफ्नो आवाज रास्ट्रीय एबम अन्तरास्ट्रीय क्षत्रमा समेत उठाउदै आइरहनु भएको छ ।
आफ्नो जन्मभूमि छाडेर प्रदेस पुगेका महिलाले पनि अवसर, चुनौती र परिस्थितिको सदुपयोग गर्दै प्रगति गर्न सक्छन र आफ्नो बेग्लै पहिचान पनि बनाउन सक्छन् भन्ने कुरालाई सावित गर्नु भएकी भट्टराई बिगत पच्चीस वर्ष देखी निरन्तर रुपमा सामाजिक कार्यमा कार्यरत हुनुहुन्छ ।
सामाजिककार्य प्रतिको आफ्नो जिम्मेवारी र उत्तरदायित्वलाई बोध गरेर आफु निरन्तर सस्थाको हितमा लागिरहने प्रतिबद्धता व्यक्त गर्दै आफुलाई भोट दिएर बिजयी गराउन सबै प्रतिनिधिहरुमा अपिल गर्नु भएको छ ।