भेरीनगरका कृषकलाई निःशुल्क तरकारीको हाइब्रिड विउ
जाजरकोट । जाजरकोटको भेरी नगरपालिकाले कृषकहरुलाई तरकारीको हाइब्रिड बिउ निःशुल्क वितरण गरेको छ । व्यावसायीक तरकारी खेती गर्ने नगरका कृषकहरुलाई बिभिन्न तरकारीको हाइब्रिड बिउ निःशुल्क वितरण गरेको हो ।
कृषकहरुको मागमा आधारीत तरकारीको बिउ नगरपालिकाले अनुदानमा वितरण गरिएको नगर कृषि विकास शाखाका प्रमुख यज्ञ अधीकारीले जानकारी दिनु भयो ।
सोमवार नगरप्रमुख चन्द्रप्रकाश घर्तीले काउली, बन्दा, टमाटर, मुला, रायो र गाँजर लगायतको तरकारीको बिउविजन कृषकहरुलाई हस्तान्त्रण गर्नु भएको हो । नगरपालिकाको पहिलो चौमासीक कार्यक्रम अन्तरगत ४ सय ३५ पाकेट काउली, दुई डिब्बा गाँजर, मुला ५० पाकेट, प्याज २५ किलो र सिल्पोलिन प्लाष्टिक ४० वटा कृषहरुलाई नगरप्रमुखले हस्तान्त्रण गर्नु भएको हो ।
त्यस्तै उन्नत तरकारी मिनीकिटको रुपमा प्रत्येक १० ग्रामको मुला, रायो, धनीया, पालुंगो, केराउ लगायत २ हजार पाकेट बिउबिजन कृषकहरुलाई वितरण गरीरहेको नगर कृषि विकास शाखाका प्रमुख अधीकारीले जानकारी दिनु भयो ।
विउविजन लिएपछी कृषहरु खुसी हुदै उत्पादीत सामानहरुको बजारीकारण गरिदिन समेत माग गरेका छन् । जवाफमा नगरप्रमुख घर्तीले कृषकहरुको उत्पादन खेर नजाने बजारीकरणको लागि कुनै चिन्ता नलिन आग्रह समेत गर्नुभएको छ ।
नगरपालिकाले व्यावसायीक खेती गर्ने कृषकहरुलाई बिभिन्न कार्यक्रममा अनुदान उपलब्ध गराउदै आएको छ ।