Loading... आजः शुक्रबार, कार्तिक ५, २०७८

केन्द्रिय कार्यालयमा लगाएको ताला खोलिदिन कर्मचारी संगठन जाजरकोटको प्रधानमन्त्रीलाई आग्रह 

जाजरकोट । सरकारी पक्षबाट संगठनको केन्द्रीय कार्यालयमा भएको ताला खोली कामकाज गर्ने वातावरण बनाइदिन नेपाल निजामती कर्मचारी संगठन जाजरकोटले आग्रह गरेको छ ।

संगठनका जिल्ला अध्यक्ष यज्ञ अधिकारी सहितको टोलीले आइतवार प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटा मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउदै संगठनको कार्यालयमा लगाएको ताल खोली कामकाज गर्न सहज वातावरण गराइदिन आग्रह गरेको हो ।

संगठनका ७७ वटै जिल्ला संगठनले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतवार एकैपटक ज्ञापनपत्र बुझाएका हुन् ।

संगठनका दुइ पक्षविच विवाद भएपछि असोज ४ गतेदेखि संगठनको केन्द्रीय कार्यालयमा भएको तालाबन्दी खोली दिन माग गरेका हुन् ।

‘कुण्ठा र पूर्वाग्रहले संगठन विरोधी क्रियाकलाप गर्न उद्दत रहेका अराजक झुण्डले २०७८ असोज ४ गते दिनको पौने ५ बजे नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय कार्यालय, बबरमहलमा आई उच्छृंखल नाराबाजी गर्ने, संगठनको ब्यानर र झण्डा च्यात्ने, ढुंगामुढा गर्ने जस्ता अपराधिक कार्य गर्नेलाई कानूनी कारवाही गर्नुको सट्टा उल्टै संगठनका आधिकारिक पदाधिकारी सदस्यलाई कार्यालयभित्रैबाट पक्राउ गरी प्रहरी प्रशासनले कत्रिम विवादको बहाना बनाई कार्यालयमा तालाबन्दी गरेकोप्रति संगठन घोर निन्दा, आपत्ति र भत्र्सना गर्दछ,’ सगठनले ज्ञापनपत्रमार्फत भनेको छ ।

संगठनले विज्ञप्तिमा केन्द्रीय कार्यालयमा सरकारी पक्षबाट लगाइएको ताला तत्काल खोली संगठनको दशौं राष्ट्रिय अधिवेशन आगामी मंसिर २७ देखि २९ बाँकेबाट विधान सम्मत निर्वाचित पदाधिकारी तथा सदस्यलाई कामकाज गर्ने सहज बातावरण बनाई दिन पनि आग्रह गरेको छ ।


ताजा समाचार