Loading... आजः बिहिबार, मंसिर १६, २०७८

बारेकोटमा एमाले रोज्नेको लहर बढ्दो


जाजरकोट । बारेकोट गाउँपालिकामा नेकपा एमाले प्रवेश गर्नेहरुको लहर बढिरहेको छ । एमालेले गाउँ जागरण अभियान संचालन गरेपछि काँग्रेस र माओवादी पार्टी परित्याग गरि एमाले प्रवेश गर्नेको लहर बढिरहेको हो ।

एमालेका प्रदेश कमिटी सदस्य डम्बर बहादुर सिंह, प्रेस चौतारीका केन्द्रिय उपाध्यक्ष तथा कर्णालीका इन्चार्ज विरबहादुर गिरी, किसान महासंघका जिल्ला अध्यक्ष प्रेम सिङ लगायतको टोलीले बिभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरुलाई गाउँगाउँमा पुगेर स्वागत गरिरहेका छन् ।

मंगलवार बारेकोट गाउँपालिकाको वडा नम्बर २ मा माओवादी र काँग्रेस परित्याग गरी १७ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । नेपाली काँग्रेसका धन बहादुर थापा, पुरव रोकाय, बिरेन्द्र नेपाली, छविालाल नेपाली र रंगविर नेपालीले एमाले रोजेका छन् ।

नेकपा माओवादी केन्द्र परित्याग गरी बुधे तिरुवा, ग्वाम्बरी नेपाली, पुरण नेपाली, मिना कुमारी नेपाली, माया वि.क, खरकाली रोकाय, देवी नेपाली, धनसरा नेपाली, बिरबहादुर नेपाली एमालेमा प्रवेश गरेका छन् ।

त्यस्तै शान्त गिरी र बिरबहादुर नेपालीले पनि एमाले रोज्नु भएको प्रेसचौतारीका कर्णाली इन्चार्ज बिरबहादुर गिरीले जानकारी दिए ।


ताजा समाचार