Loading... आजः शनिबार, अशोज २, २०७८

महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाको घोषणा


काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले १४औँ महाधिवेशनमा महामन्त्रीमो उम्मेदवार दिने घोषणा गरेका छन् । १३ औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिएर हारेका नेता थापाले यसपटक पनि उम्मेदवार दिने घोषणा गरेका हुन् ।

नेपाली कांग्रेस काठमाडौं वडा नम्बर ३० ले आयोजना गरेको कार्यक्रममार्फत थापाले यस्तो घोषणा गरेका हुन् । थापाले कार्यक्रममार्फत आफूले औपचारिक रूपमा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेको बताए ।

थापाले आफू सर्वसम्मत उम्मेदवार बन्न प्रयास गरिरहेको बताएका छन् । तर कांग्रेमा भएको पछिल्लो किचलोले गर्दा सर्वसम्मत हुने सम्भावनै छैन ।


ताजा समाचार