Loading... आजः बिहिबार, भदौ ३१, २०७८

निर्वाचन आयोग र सभामुखविरुद्ध अदालत जाने एमालेको तयारी


काठमाडौं । पार्टीले कारवाही गरिसकेका व्यक्तिलाई सनाखत गराएर नयाँ दल दर्ता गराएको भन्दै नेकपा एमालेले निर्वाचन आयोगविरुद्ध अदालत जाने निर्णय गरेको छ ।

एमालेको आज बसेको केन्द्रिय कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

१४ जना सांसदलाई विधान र कानूनबमोजिम गरिएको कारवाहीलाई अघि नबढाएकोमा सभामुख अग्नि सापकोटा र कारवाहीमा परेका व्यक्तिको सनाखत लिएकोमा निर्वाचन आयोगविरुद्ध कानूनी उपचारमा जाने निर्णय केन्द्रीय कमिटी बैठकले गरेको सचिव प्रदीप ज्ञवालीले बताए ।

बैठकले पार्टी विभाजनमा लागेका केन्द्रीय सदस्यहरुको नाम निर्वाचन आयोगमा एमालेको अभिलेखबाट हटाउने निर्णय समेत गरेको छ ।


ताजा समाचार