Loading... आजः शुक्रबार, अशोज १, २०७८

को हुन् प्रदेश १ मा मुख्यमन्त्री बनेका भीम आचार्य ?

धरान । मुख्यमन्त्री शेरधन राइले राजीनामा दिए संगै प्रदेश १ को मुख्यमन्त्रीमा भीमप्रसाद आचार्य नियुक्त हुन भएको छ । सुनसरी क्षेत्र नं १ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित आचार्य मुख्यमन्त्रीमा नियुक्त हुन भएको हो ।

आज प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले आचार्यलाई पद तथा गोपनीयताको शपथग्रहण समेत गराइसक्नु भएको छ । गराएका छन् । संविधानको धारा १६८ (१) अनुसार उनी मुख्यमन्त्री बन्नु भएको हो ।

अचार्य २०७४ को निर्वाचनामा २० हजार २११ मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । नेकपा (एमाले) का सचिवसमेत रहेका आचार्य यसअघि संविधानसभा सदस्यमा सुनसरी क्षेत्र नं ६ बाट विजयी हुनु भएको थियो ।

विसं २०१६ वैशाख १४ गते धनकुटामा जन्मिएका आचार्य लामो सयमदेखि सुनसरीको इनरुवामा स्थायी बसोबास गर्दै आउनु भएको छ ।
सन् १९९५ देखि विद्यार्थीबाट राजनीति यात्रा सुरु गरेका आचार्य सन् १९९७ देखि एमाले पार्टीमा सक्रिय हुनुहुन्छ । विसं २०७१ मा सुशील कोइराला नेतृत्वको सरकारमा आचार्य संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बनीसक्नु भएको छ ।

विसं २०७४ मा भएको पार्टीको प्रदेश संसदीय दलको नेतामा उनी शेरधन राईसँग दुई मतले पराजय बेहोर्नु भएको थियो । नेकपा एमालेका वरिष्ठ नेता हाल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालनिकट मानिने आचार्य विगत एक वर्षअघिदेखि पार्टीमा देखिएको विवादमा एमाले एक हुनुपर्छ भन्ने अभियानमा सक्रिय हुनुहुन्थ्यो ।

तर नेता नेपालले अर्को दल खोलेपछी उहाँ लगायतका सवै प्रभावशाली नेता एमालेमै रहनु भएको छ । विगतमा साथ दिएका शक्तिशाली नेताहरुले नै साथ नदिएपछि नेकपा (एकीकृत समाजवादी) खोलेका नेपाल अहिले केही सिमित मान्छेसंग चित्त बुझाउनु परेको छ ।


ताजा समाचार