Loading... आजः शुक्रबार, अशोज १, २०७८

जाजरकोटमा एमालेप्रति जनलहर बढ्दै : नलगाडको सिंगो गाउँनै एमाले प्रवेश


जाजरकोट : जाजरकोटको नलगाड नगरपालिमा बिभिन्न पार्टी परित्याग गरि एउटा गाउँका सवै नेकपा एमालेमा प्रवेश गरेका छन् । नलगाड नगरपालिका १, अनापानीका ३५ भन्दा बढी नेता तथा कार्यकर्ता नेपाली कांग्रेस, माओवादी र राप्रपा परित्याग गरि एमालेमा प्रवेश गरेको प्रेस चौतारी नेपालका कर्णाली प्रदेश इन्चार्ज विरबहादुर गिरीले जानकारी दिनु भयो ।

वडा कमिटीको कार्यालय स्थापना गर्न आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला समिती सदस्य विरबहादुर पुन, अम बहादुर चनारा, नेकपा माओवादी केन्द्रका नगर कमिटी सदस्य शान्त बहादुर वि.क, रक्तिम वि.क, पुर्णबहादुर वि.क, टक बहादुर महर, लुस बहादुर पुन, मन बहादुर वि.क, जगमोहन वि.क, भद्रे घेत्माल र चन्द्र बहादुर वि.क माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।

उनिहरुलाई नेकपा एमालेका प्रदेश कमिटी सदस्य डम्बर बहादुर सिंह लगायतका नेताहरुले उचित जिम्मेवारी दिने बाचा सहित अविर माला लगाएर स्वागत गर्नु भएको छ ।

त्यस्तै अविलाल वि.क, चन्द्रकला वि.क, शुसिला, वि.क, सिता वि.क, अस्मिता वि.क, पार्वती वि.क,खले दमाई, सदे घर्ती, लछे कामी लगायतका माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् । माओवादी , कांग्रेसले जनभावना अनुरूप काम नगरेको तथा गाउँलाई सधैं विभेद गरेका कारण आफुहरू एमालेमा प्रवेश गरेको उनिहरुले बताए ।

नेपाली कांग्रेसका वडा सदस्य पुर्णप्रसाद जैसी लगयतका कार्यकर्तापनी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । नलगाड गरपालिकामा एमाले प्रती जनलहर बढ्न थालेको छ ।

एमालेका स्थानिय नेताहरु धन बहादुर रावल, सुरेश नेपाली, प्रकाश वि.क, धनविर चदारा, जनक नेपाली लगायतका नेताहरुको सकृयतामा भएको कार्यक्रममा एमालेका प्रदेश कमिटी सदस्य डम्बर बहादुर सिंह, धरम शाही पुर्व पार्टी सचिव नवराज सिंह, प्रेश चौतारीका प्रदेश इन्चार्ज विरबहादुर गिरी लगायतका नेताहरुले नवप्रवेशीहरुलाई स्वगत गर्दै उचित जिम्मेवारी सहित पार्टीमा कृयाशील बनाउने बताउनु भएको छ ।


ताजा समाचार