Loading... आजः सोमवार, जेष्ठ १५, २०८०
Trending

एनआइसी एशिया बैंकको लापरबाहीले भेरीका बालबालिकाको पोषण भत्ता गुम्यो

बैंकका नाममा मुद्दा हाल्छौं : नगर प्रमुख घर्ति 

जाजरकोट । एन आइसी बैंक जाजरकोट शाखाको चरम लापरबाहीले भेरी नगरपालिकाका बालबालिका पोषण भत्ता पाउनबाट बन्चित भएका छन । बैंकले नगरसंग गरेको सम्झौता अनुसार काम पुरा नगर्दा बालबालिका पोषण भत्ता पाउनबाट बन्चित भएका हुन ।

बैकको गैरजिम्मेवार कामले नगरका ९ सय २० बालबालिकाको एक बर्षको पोषण भत्ता फ्रिज भएको छ  । नगरपालिकाले जिल्लाका ४ वटा बैंक मार्फत पोषण भत्ता बालबालिकालाई उपलब्ध गराउने गरी सम्झौता गरेको थियो । नेपाल बैंक, सिटिजन्स बैंक, राष्ट्रिय बाणिज्यले सम्झौता अनुसार बालबालिकाको पोषण भत्ता खातामा जम्मा गरि दिएका छन । तर एन आइसी यसिया बैंकले भने सम्झौता अनुसार काम नगर्दा बालबालिकाले पोषण भत्ता गुमाउनु परेको हो ।

नगरका वडा नं ४,८,९ र १० का ९ सय २० बालबालिका लागि प्राप्त ४७ वलाख फ्रिज भएको छ । नगरले असार २८ गते सम्झौता अनुसार बालबालिकाको खातामा जम्मा गरिनि बैंकका नाममा ४७ लाखको  चेक काटेको थियो ।

तर बैंकले उक्त रकम बालबालिकाको खातामा जम्मा नगरेर अपराध गरेको नगर प्रमुख चन्द्रकास घर्तिले बताए । अब बालबालिकाको पोषण भत्ता असुलउपरको लागि बैंकका नाममा मुद्दा हाल्ने नगर प्रमुख घर्तिको भनाइ छ । नगरले आफ्नो काम सम्झौता अनुसार गरेको छ । बैंकले चरम लापरबाही मात्र होइन मानवीय अपराध गर्याे अब कानुनी लडाइ लडिन्छ नगर प्रमुख घर्तिले भने । कतिपयले बैंकको लापरबाहीमा राजनीतिक रंग हाल्ने काम गरे यो अनबिज्ञताको उपज होला । यसबाट कसैको राजनीतिक तुष्टि पुरा हुदैन उनले थपे ।

बैंकको संस्थागत अपराधका कारण वडा नं ४ का ३९ वडा नं ८ का ६३, वडा नं ९ का २ सय १० र वडा नं १० का ३ सय ८ जना बालबालिकाको पोषण भत्ता गुमेको छ । सरकारले अनिबार्य बैंक मार्फत पोेषण भत्ता भुक्तानी गर्ने ब्यबस्था गरेसंगै भेरी नगरपालिकाले ४ वटा बैंकसंग सम्झौता गरेको थियो ।

३ वटा बैंकले सम्झौता बमोजिम पोषण भत्ता बालबालिकाको खातामा जम्मा गरे पनि एन आइसीे यसिया बैंकले भने उक्त सम्झौता अनुसार काम नगरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तिले बताए । बैकले सामाजिक सुरक्षाका भत्ताका अन्य चेक साटे पनि बालबालिकाको पोषण भत्तामा चरम लापरबाही गरेको निमित्त प्रशासकीय अधिकृत घर्तिको भनाइ छ ।

 


ताजा समाचार