Loading... आजः शुक्रबार, कार्तिक ५, २०७८

भेरी नगरपालिकाले बाँड्यो किसानलाई १ लाख बढि फलफुलका बिरुवा

किसानहरुमा फलफुल खेतिको मोह


जाजरकाेट /  भेरी नगरपालिकाका किसानहरुमा फलफुल खेतितर्फकोे मोह बढ्न थालको छ । परम्परागत खेतिबाट जीवन गुजरा चलाउन असहज भएकोले किसानहरुमा फलफुल खेतितर् आकर्षण बढेको हो । किसानहरुको फलफुल खेति तर्फको आकर्षण सम्बोधन गर्न नगर पालिकाले यो आर्थिक बर्षमा गर्न १ लाख बढि फलफुलका बिरुवा बितरण गरेको छ ।

समयको परिवर्तनसंगै किसानले ब्यबसायिक फलफुल खेति शुरु गर्न थालेका छन । नगरपालिकाका सबै वडामा किसानले समुह र संस्थागत रुपमा फलफुल खेति थालेका छन । अहिले नगरमा २ सय बढि कृषि समुह र संस्थाहरु दर्ता भएको नगर कृषि शाखाका प्र्रमुख यज्ञबहादुर अधिकारी बताए । दर्ता भएका सबै सक्रिय छैनन तर जो सक्रिय छन उनले राम्रो गरेका छन । समुह र संस्थाहरुलाई यो आर्थिक बर्षमा नगरले १ लाख ३ हजार ३ सय फलफुलका बिरुवा बितरण गरेको छ । नगरले किसानलाई कागति, सुन्तला र जुनारका ४० हजार बिरुवा बितरण गरेको छ । त्यसैगरी ११ हजार ५ सय आँप, ६ हजार २ सय केरा, २५ हजरा अलैंची र ६ हजार अंगुरका बिरुवा बितरण गरको कृषिशाखा प्रमुख अभिकारीले जानकारी दिए । हिउदे सिजनमा ९ हजार ओखर १ हजार हलुवाबेदका बिरुवा बितरण गरिएको थियो

ब्यबसायिक फलफुल खेति गर्न थालेका किसानलाई नगरले आर्थिक तथा प्राबिधिक सहयोग गर्दै आएको छ । नगरको आर्थिक तथा प्राबिधिक सहयोगबाट फलफुल खेति गर्न सहज भएको नाराण जनकल्यान कृषि समुह तिलिङ्गेका अध्यक्ष धनबहादुर वलीले बताए । परम्परागत खेति छोडेका किसानले माटो र मौषम अनुसार फलफुल खेति गर्ने गरेको अध्यक्ष वलीको भनाइ छ । राम्रो आम्दानी हुने भएकोले किसानले नगदेबालीका रुपमा फलफुल खेति गर्ने गरेका छन । आर्थिक अनुदान र प्राबिधिक सल्लाह नगरबाट पाउन थालेसंगै फलफुल खेति तर्फ किसानहरुको आकर्षण बढेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तिले बताए । बस्ती स्तरबाट नै ब्यबसायिक फलफुल खेतिका लागि आर्थिक अनुदानका कार्यक्रम माग हुने गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत घर्तिको भनाई छ ।

राष्ट्रिय फलफुल किास कार्यक्रम फलफुल दशक अन्तर्गत ससर्त अनुदान र नगरपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लगानीमा फलफुल खेतिका लागि बिशेष कार्यक्रम संचालन गरेको नगर प्रमुख चन्द्र प्रकाश घर्तिले बताए । किसान चाहना ,नगरको योजना भन्ने नाराका साथ फलफुल खेति गर्न किसानलाई उत्साही गरिएको छ । ब्यबसायिक फलफुल खेतिबाट किसानको जीवन स्तरमा परिवर्तन आउनुका साथै स्वस्थ, सुन्दर र आत्मनिर्भर नगर निर्माणमा टेवा पुग्ने नगर प्रमुख घर्तिको बिश्वास छ ।


ताजा समाचार