Loading... आजः शुक्रबार, कार्तिक ५, २०७८

स्याँलामा धुमधामका साथ यसरी धान दिवस मनाइयो

जाजरकोट । जाजरकोटमा धुमधामका साथ १८ औँ धान दिवस तथा रोपाइ महोत्सव मनाईएको छ । भेरी नगरपालिका वडा नम्बर २ को स्याँलामा रोपाई गरेर १८ औँ धान दिवस तथा रोपाइ महेत्सव धुमधामका साथ मनाईएको हो ।

भेरी नगरपालिका कृषि बिकास शाखा, कृषि बिकास कार्यालय र युवा जागरण बिकास केन्द्र नेपाल जाजरकोटको आर्थीक सहयोग तथा दिदी बहिनी खद्या सुरक्षा कृषक पाठशाला र पिपलचौतारा कृषक समुहको आयोजनामा रोपाइ गरेर धान दिवस मनाइएको छ ।

भेरी नगरपालिकाले धानको पकेट क्षेत्र घोषणा गरेको स्याँलामा नगरप्रमुख चन्द्रप्रकास घर्ती सहितको जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, बिभिन्न कार्यालयका प्रमुख सहितको टोली धान रोप्न पुगेका थिए । सहभागीहरुले रोपाइ गर्नुका साथै एक अर्काबिच हिलो खेलेर रमाईलो समेत गरेका थिए ।

कार्यक्रममा नगरप्रमुख घर्तीले धानको पकेट घोषणा गरेको यस क्षेत्रमा आवस्यक थप सहयोग गर्नुको साथै आधुनीक कृषि प्रविधिमार्फ उत्पादन वृद्धिमा जोड दिने बताए । नगरक्षेत्रमा उत्पादन बृद्धि गरेर नगरवासीलाइ आत्म निर्भर बनाउन साँधै लागीरहेको दोहोर्याउनु भयो ।

रोपाइमा सहभागी कृषाकहरुले नगरप्रमुखको खुलेर प्रशसा गरेका थिए । उनिहरुले बिभिन्न बिउबिजन पाउँनुका साथै जोत्ने ट्याक्टर र कृषि प्राविधिक उपलब्ध गराएकोमा नगरप्रमुखको प्रशसा गरेका हुन् ।

धान उत्पादनको पकेट क्षेत्र घोषणा गरी नगरपालिकाले उत्पादन वृद्धि गर्न स्याँलाको यस क्षेत्रलाइ बिशेष प्राथामिकता राखेको कृषि शाखाका प्रमुख यज्ञ अधीकारीले बताए । कृषकहरुको हरेक समस्यामा कृषि शाखाका प्राविधिकहरु उपलब्ध गराइने उनको भनाइ छ ।


ताजा समाचार