Loading... आजः शनिबार, कार्तिक ६, २०७८

करेन्ट लागेर गर्भवती युवतीको मृत्यु

 

जाजरकोट । करेन्ट लागेर जाजरकोटमा एक गर्भवति युवतीको ज्यान गएको छ । नलगाड नगरपालिका १० कि २३ बर्षिय रमिता ध्यारको सुक्रवार बेलुका  ज्यान गएको हो ।

घर नजिकैको धारामा कपडा धोई स्थानिय लघु-जल विधुत आयोजनाको तारमा कपडा सुकाउन जाँदा करेण्ट लागेर घाइते भएकी थिइन । घाइते उनको पश्चिम रुकुमको आठबिसकोट नगरपालिका ९ राडी स्थित नगरअस्पतालमा  उपचारको क्रममा  मृत्यु भएको हो । उनि ९ महिनाकी गर्भवती रहेको आफन्तले जनाएका छन् ।

करेन्ट लागेको अवस्थामा रमितालाई बचाउन जानेक्रममा उनकी आफन्त २५ बर्षिय प्रमिला ध्यार र ६५ बर्षकि बेलु ध्यार घाइते भएका छन् । उनि दुईजनाको राडि स्थित नगरअस्पतालमा उपचार पछि डिस्चार्ज गरिएको छ ।

मृतक रमिता गर्भवती रहेको आफन्तले बताएपछि इलाका प्रहरी कार्यालय रग्दाबाट प्रहरी सहायक निरिक्षक वकिल सुनार सहीत ४ जनाको टोली थप अनुसन्धानको लागि घटनास्थल तर्फ गएको प्रहरीले जनाएको छ ।


ताजा समाचार