Loading... आजः शनिबार, साउन ९, २०७८

चोरी गरी भाग्दै गरेका दुईजना बसपार्कबाट पक्राउ


जाजरकोट : जाजरकोटका बिभिन्न ठाउँमा चोरी गरी भाग्दै गरेका दुई जनालार्ई प्रहरीले पक्राउ गरेको छ । बिभिन्न पसलमा चोरी गरी भाग्दै गरेका चौरजाहारी नगरपालिका वडा नं.९ का १८ बर्षिय हिमाल बुढाथोकी र १४ बर्षिय एक बालक लाई जाजरकोटको प्रहरीले पक्राउ गरेको हो ।

पसलको ताला फोरेर चोरी गरेको सामान सहित उनिहरुलाई यही ११ गते बिहान भेरी नगरपालिका ४ को शान्तिचौतारा बसपार्कमा हिड्दै गर्दा प्रहरीले पक्राउ गरेको छ ।

यही असार ९ गते भेरी नगरपालिका ४ बोहोराको मोडमा रहेको कल्पना खड्काको किराना पसलको ताला फोडी नगद रुपैयाँ, नमस्ते, एनसेल र डिसहोमका रिचार्ज कार्ड, माक्स, मोवाइल चार्जर, एमपी ३ समेत चोरी भएको थियो ।

त्यस्तै ११ गते बिहान करिव ३ : ३५ बजे ठाँटी बजार स्थित मनोजजंग शाहको पसलको ताला फोडी नगद रुपैयाँ, मोवाइल सेट, एरफोन, चस्मा र एमपी ३ लगायतका सामग्री चोरी भएको थियो ।

दुई पसलमा चोरी भएको मौखिक जानकारी पश्चात खोजतलास गर्दै जाँदा ११ गते बिहान उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शंकास्पद रुपमा हिडिरहेको देखेपछि प्रहरीले सुदपुछ गरी उनिहरुले बोकेको झोला खानतलासी गर्दा चोरी गरेको सामान समेत फेला परेको प्रहरीले जनाएको छ ।

उनिहरुले अन्य स्थानमा समेत चोरी गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको जनाइएको छ । अहिले उनिहरुलाई नियन्त्रणमा लिएर चोरी सम्बन्धि कसुरमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


ताजा समाचार