सेभ द चिल्ड्रेन र पाँचताराले दियो भेरी नगरपालिकालाई टेस्ट किट र अक्सिजन सिलिन्डर
जाजरकोट : सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षक मञ्चले भेरी नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्त्रण गरेको छ । बिहिबार टेस्ट किट र अक्सिजन सिलिन्डर सहित ६ लाख रुपैँया बढिको स्वास्थ्य सामग्री नगरप्रमुख चन्द्रप्रकाश घर्तीलाइै हस्तान्त्रण गरेको हो ।
पाँचताराका कार्यकारी निर्देशक छवि पन्तले २ सय टेस्ट किट, एक हजार सर्जीकल मास्क, चार वटा अक्सिजन सिलिन्डर सहितको स्वास्थ्य सामग्र नगरप्रमुखलाई हस्तान्त्रण गर्नु भएको हो ।
सेभ द चिल्ड्रेन र पाँचतारा कोरोना महामारी नियान्त्रण गर्न सवैक्षेत्रमा सहयोग गर्दै आइरहेको छ । संस्थाले पिपि सेट, सेनिटाइजर, अक्सिजन मिटर लगायतको ६ लाख बढिको स्वास्थ्य सामग्री नगरपालिकालाई दिएको हो ।
कोरोना नियन्त्रणमा स्वास्थ्य सामग्री सहयोग गरेको सेभ र पाँचतारालाई नगरप्रमुख घर्तीले धन्यवाद दिनु भएको छ ।