Loading... आजः शनिबार, कार्तिक ६, २०७८

मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डमा कालोपत्रे शुरु

 

जाजरकोट राष्ट्रिय गौरबको आयोजना मध्य पहाडी पुष्पलाल लोकमार्गको पश्चिमी खण्ड अन्तर्गत जाजरकोटमा कालोपत्रे गर्ने काम शुरु गरिएको छ । अहिले पहिलो खण्डको कुदुदेखि कार्कीगाउँसम्म ३५ किलोमिटर सडक कालो पत्रे गर्न थालिएको हो ।

पुर्बपश्चिम यो लोकमार्गको कुल लम्बाइ १ हजार ७ सय ७६ किलोमिटर रहेको छ । जसमध्य जाजरकोटमा ८२ किलोमिटर सडक पर्दछ । ८२ किलोमिटर मध्य पहिलो चरणमा कुदुुदेखि कार्कीगाउँसम्म ३५ किलोमिट सडकमा कालोपत्रे गर्ने काम भइरहेको छ । २ बर्ष पहिले शर्मा सिंह एण्ड ब्रोदर्श कम्पनीले करिब १ अरब लागतमा कुदु —कार्कीगाउँ खण्डमा स्तरउन्नति र कालोपत्रे गर्न मध्यपडाडी आयोजनासंग ठेक्का सम्झौता गरेको थियो ।

सम्झौता भएको २ बर्ष ६ महिनाको अबधिमा ८० प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । सम्झौत अबधि पहिले नै काम सक्ने गरी सडक निर्माणको काम गरे पनि अघिल्लो आर्थिक बर्ष र यो बर्षको लकडाउनले समस्या सिर्जना गरेको कम्पनीको प्रमुख विश्वास उप्रेतिले बताए । द्रुत गतिमा काम गरे पनि विश्वब्यापी कोरोनाको प्रभाबले जटिलता आयो उप्रेतिले भने ।

अहिले मध्यपहाडी आयोजना योजना कार्यलय दैलेखको प्रत्यक्ष निगरानिमा सडक निर्माणको काम भइरहेको छ । यो आयोजनाको रुकुम पश्चिमदेखि दैलेखसम्म योजना कार्यालय दैलेखले हेर्ने गरेको छ । कामको गुणस्तरीयता कायम गर्न आबश्यक प्राबिधिक सल्लाहमा कालोपत्रे गर्ने काम भइरहेको आयोजनाका इन्जिनियर रबिन काकीले बताए । स्थलगत अनुगमन र निरिक्षणका साथ काम हुदै छ उनले भने । मौसमि प्रतिकुलता र स्वास्थ्य सम्बेदनशिलता सबै हेरेर काम गर्नु पर्ने बाध्यता रहेकोले भनेजस्तो काममा गति दिन भने सकिएको छैन इन्जिनियर कार्कीले भने ।

मध्यपहाडका २३ जिल्लालाइ पूर्ब पश्चिम जोड्ने यो लोकमार्ग निर्माणको कामले अहिले जाजरकोटमा पनि तिब्रता पाएको छ । कुदु — कार्कीगाउँसम्म ३५ किलोमिटर कालोपत्रे गर्ने काम आउदो असोससम्म काम सम्पन्न गर्ने गरी कम्पनीले आयोजनासंग सम्झौता गरेको हो । अघिल्लो बर्ष र यो बर्षको लडाउनले सडक निर्माणको काममा बाधा गरेको कम्पनीले जनाएको छ ।

प्रतिकुल परिस्थितिमा पनि सकड निर्माणको काम कम्पनीले गर्दै आएको छ । मौषमि प्रतिकुलता र जिल्लामा निषेधाज्ञाको समय पनि सडक निर्माणको कामले गर्दा ६ सय मजदुरहरुले प्रत्यक्ष रोजगारी पाएका छन । नेपाल सरकारले ७० लाख जनतालाइ प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको यो लोक मार्गको निर्माणले जाजरकोट पनि आय आर्जन, रोजगारी बृद्धि , बसाइ सराइ नियन्त्रण र सर्भिस सेन्टरहरु नजिक हुने बिश्वास लिएको को छ त्यसैगरी आर्थिक, सामाजिक, पर्यटकीय क्षेत्रको विकास पनि टेवा पुग्ने छ ।

 


ताजा समाचार