Loading... आजः शुक्रबार, अशोज १, २०७८

पाँचतारा र सेभ द चिल्ड्रनले दियो स्वास्थ्य सेवा कार्यालयलाई ११ लाखको स्वास्थ्य सामग्री 

 

जाजरकोट : पाँचतारा युवा संरक्षक मञ्च र सेभ द चिल्ड्रेनले स्वास्थ्य सेवा कार्यालयलार्ई ११ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्त्रण गरेको छ । कोरोना भाईरस नियान्त्रणमा सहयोग गर्न सेभ द चिल्ड्रेन र पाँचतारले ११ लाख बढिको स्वास्थ्य सामग्री हस्तान्त्रण गरिएको हो ।

स्वास्थ्य सेवा कार्यालयलाई ९ वटा अक्सिजन सिलिन्डर, ५ वटा अक्सिजन कन्सन्ट्रेटर, पीपीइ सेट एक सय थान, मास्क, सेनिटाइजर, अक्सिजन मिटर लगायत ११ लाख ९ हजारको स्वास्थ्य सामग्री हस्तान्त्रण गरेको पाँचताराका कार्यकारी निर्देशक छवि पन्तले जानकारी दिनु भयो ।

कारोनाको विपत्तीमा सबै जुटेर सामना गर्दा महामारी नियान्त्रण गर्न सकिने पन्तको भनाई छ । कोरोना नियन्त्रण गर्न पर्याप्त मात्रामा स्वास्थ्य सामग्रीको अभाव भएको वेला महामारी रोक्नमा ठुलो सघाउ पुग्ने स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त कार्यालय प्रमुख टिकाराम जैसीले बताउनु भयो ।


ताजा समाचार