Loading... आजः शुक्रबार, साउन १५, २०७८
Trending

मध्यपहाडी लोक मार्ग अन्तर्गत भेरी पुल निर्माण १० बर्षदेखि अलपत्र

जाजरकाेट : मध्य पहाडी लाकमार्ग अन्तर्गत जाजरकोट र रुकुम पश्चिम जोड्ने भरी नदीमा पुल निर्माणको काम १० बर्षदेखि अलपत्र छ । कम्पनीको लापरबाही र सरोकार वाला निकायको ब्यवास्थ्का कारण पुल निर्माण १० बर्षसम्म अलपत्र परेको हो ।

वाईपी निर्माण कम्पनीले १० बर्ष पहिले भेरी पुल निर्माणको लागि मध्यपहाडी आयोजनासंग १४ करोडमा ठेक्का सम्झौता गरेको थियो । शुरुमा डिजाइन स्टमेट नमिलेकोले काम ढिलाई भएको थियो । दोस्रो पटक डिजाइन स्टमेट गरेर काम शुरु गरिएको हो । काम शुरु भएको दश बर्षसम्म एउटा पिलर समेत निर्माण हुन सकेको छैन । कम्पनीले बर्षेनी आर्थिक बर्षको अन्तमा काम गरे जस्तो गर्ने अनि हराउने गरेको स्थानीयको गुनासो छ । स्थानीय तथा राष्ट्रिय चुनाबमा नेताहरुको मत माग्ने एक मुद्दा बनेको भेरी पुल निर्माणको काम भने लथालिङ्ग छ ।

कम्पनीले १० बर्षसम्म निर्माणको २० प्रीतशत पनि पुरा गर्न सकेको छैन । पुल निर्माणको ढिलाइले जाजरकोट र रुकुम पश्चिमको यातायात सम्पर्क जोडिन सकेको छैन । राष्ट्रिय महत्वको मध्यपहाडी लोकमार्ग अन्तर्गत भेरी पुल निर्माणको काम १० बर्ष अलपत्र परे पनि रुकुम र जाजरकोटका जनप्रतिनिधिहरु बेखबर छन । पुल निर्माण छिटो गर्न जाजरकोटबासीले माग गर्दै आएका छन । समयमा पुल निर्माण नहुदा लोकमार्ग अन्तर्गत जाजरकोट खण्डको काम समेत प्रभाबित भएको छ । दश बर्ष पहिलेको लागत सम्झौतामा अहिले निर्माणको काम गर्नु पर्दा समस्या परेको निर्माण कम्पनीले जनाएको छ ।


ताजा समाचार