Loading... आजः शुक्रबार, साउन १५, २०७८
Trending

यसरी बाँचे कुशे पाटनमा बेपत्ता भएकाहरु

फोटो क्याप्सन : ओडारमा यसरी बसेर बाँचे उनीहरु ।

जाजरकोट
जाजरकोटको कुशे पाटनमा ४ दिनदेखिसम्म सम्पर्क बिहीन रहेका ७ जना पानी समेत नपाएर ओडारमा बसेर जीवन बचाउन सफल भएका छन । पाटन ठुलो हावाहुरी र बर्र्षा हुदा उनीहरु ओडारमा पसेर बाँच्न सफल भएका हुन ।
जेठ ३१ गते पशुबस्तु सहित कुशे गाउँपालिका वडा नं ८ र ९ का ११ जना पाटन पुगेका थिए । जलजला पाटनमा पुग्न साथ ठुलो हावाहुरी सहित भिषण पानी परेको थियो । हावाहुरीबाट बच्न दिल बहादुर खड्का, विक्रम खडका, चन्द्रा खड्का, भविन्द्र खड्का, मीम खड्का, धनसरा खड्का र कृष्ण रोकायले जलजला पाटनको ओडारमा ४ दिन बिताउनु पर्यो । बाहिर निस्किए हावाले उडाउने भयो ४ दिनसम्म पानी समेत नपिएर ओडार बसियो भबिन्द्र खड्काले भन्नु भयो । ४ दिन भगवान भरोसमा बसियो सबैको सहयोगले बाँचेर घर फर्कन पाइयो खुशि छौ हामी उहाँले भन्नु भन्नु भो ।

चार दिन सम्म सम्पर्क बिहीन रहेका उनीहरुको नेपाल प्रहरी र स्थानीयको पहलमा उद्धार गरिएको हो । पाटनका ओडारमा फेला परेका उनीहरु चिसोले कठाङग्रिएको भोकले बेहोस अबस्थामा उनीहरुलाई फेला पारिएको प्रहरी नायब उपरिक्षक मधुकुमार थापाले बताउनु भयो । उनीहरुसंग गएका अन्य ४ जना भने हावाहुरी चलेकै बेलामा बेशी झरेर ज्यान जोगाएका थिए । पाटन पुर्याएका १ सय बढि भेडा,बाख्रो घोडा गाइ भैसी भने बेपत्ता रहेका छन ।


ताजा समाचार