Loading... आजः शुक्रबार, साउन १५, २०७८
Trending

नरोत्तम बैद्यलाई अबिलम्ब कारवाही गरियोस : अध्यक्ष बोगटी

 

 

जाजरकोट : नेकपा एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष गोरख बोगटीले बागमती प्रदेश शभाका सदस्य नरोत्तम बैद्यलाई कारवाही गर्न माग गर्नु भएको छ ।

नेपाली काँग्रेसका प्रदेश शभा सदस्य बैद्यको अभिव्यक्ति अपराधिक, अराजनीतिक, असभ्य, अमानविय तथा अक्षम्य रहेकोले उनलाई कारबाही गर्न माग गर्नु भएको हो ।

“यस्तो सम्बेदनशील विषयलाई आधिकारिक निकायमा राखिसकेपछी भएको चौतर्फी बिरोधलाई थामथुम पार्ने मनसायले आवेशमा आएको तथा भावनामा बहकिएको भन्दै आत्मालोचित हुदैमा उन्मुक्ती पाउने विषय कदापी पनि होइन” अध्यक्ष बोगटीको भनाई छ ।

उहाँले प्रदेश सभा सदस्य वैद्यलाई अबिलम्ब कानुनी कारबाही अघि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँनु भएको छ ।

बैद्यले प्रधानमन्त्री केपी ओलीले देश खान लागेकाले कोही नथुराम गोड्से बन्न तयार हुनपर्ने, अरु तयार नभए आफैँ बन्न तयार हुने अभिव्यक्ति दिएका थिए । भारतमा माहात्मा गान्धीलाई गोली हानी हत्या गर्ने व्यक्ति नाथुराम गोड्से हुन् ।


ताजा समाचार