Loading... आजः शुक्रबार, कार्तिक ५, २०७८

एमाले नेता शाहद्धारा अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामग्री हस्तान्त्रण


जाजरकोट । आफ्नो व्यक्तिगत लगानिमा नेकपा (एमाले) का कर्णाली प्रदेश कमिटी सदस्य हेरम्बहादुर शाहले स्वास्थ्य सेवा कार्यालय जाजरकोटलाई अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको छ ।

शाहले शुक्रबार कार्यालयलाई तिन वटा अक्सिजन सिलिण्डर र अन्य स्वास्थ्य सामग्री डा.अमिन शाहलाई हस्तान्तरण गर्नु भएको हो । पेशागत महासंघका केन्द्रिय सदस्य समेत रहेका शाहले कोरोना भाईरस नियन्त्रण तथा उपचारमा थोरै भएपनि सहयोग गर्न पाउँदा खुसी लागेको बताउनु भएको छ ।

उहाँले तीन वटा अक्सिजन सिलिन्डर, १५ सय थान मास्क र ५ सय मिलीलिटरका ५० वटा सेनिटाईजर हस्तान्त्रण गर्नु भएको हो । लामो समय देखि शिक्षण पेशामा आवद्ध शाह पछिल्लो समय समाजसेवा र राजनितीमा समेत सक्रिय सक्रिय हुनुहुन्छ ।

यस्तो विषम परिस्थितीमा स्वास्थ्य सामग्री सहयोग गरेको भन्द्र जिल्ला अस्पतालका डा.अमिन शाहले धन्यवाद व्यक्त दिनु भएको छ ।


ताजा समाचार