Loading... आजः शनिबार, कार्तिक ६, २०७८

एकताको अपिलमाथी अतिक्रमणको अन्तर्य

पेरिसडाँडाको सल्लाह र बुढानिलकण्ठको भरोसामा कसरी एमाले एकताबद्ध बनाउन सकिला ?

पेरिसडाँडाको सल्लाह र बुढानिलकण्ठको भरोसामा कसरी एमाले एकताबद्ध बनाउन सकिला । बाबुरामको हौसलामा उपेन्द्रको लठ्ठी टेकेर एमाले बलियो बनाउने सपना कसरी सार्थक हुन्छ ? राजनीतिक नैतिकताको बलत्कार गरेर बिधि र पद्दतिको कुरा गर्नेहरुले नै एकताको अपिलमाथि अतिक्रमण गरेर कहाँ जान खोजेको हो ? आम एमाले जनले यसको उत्तर खोजिरहेका छन । 

नेकपा एमाले अध्यक्ष एबं प्रधानमन्त्री के.पी शर्मा ओलीले पार्टी एकताका लागि अपिल गर्नु भएको छ । यो अपिलले एमाले बिभाजनको डिलमा पुगेको अबस्थाबाट चिन्तित र त्रसित लाखौ एमाले जनको मनमा खुसि र आशाको सञ्चार प्रवाह भएको छ । एकिकृत एमालेको नेतृत्वमा नै सम्बृद्ध नेपाल र सुखी नेपालीको सपना बोकेका आम नेपालीमा उत्साह जागृत गरेको छ । नेपाली राजनीति बजार मात्र होइन सामाजिक सञ्जालमा समेत यो अपिलको पक्ष र बिपक्षमा तरंगहरु तरंगित भएका छन । मुलतः एमालेको पक्ष र बिपक्षमा नै प्रतिक्रियाहरु सार्बजनिक भएका छन ।

एमालेको बिभाजनमा आफ्नो राजनीतिक भबिश्यको सुरक्षा हुने सपना देखिरहेका शक्ति र समुहहरु बिचलित मनोदशाबाट ग्रसित देखिन थालेका छन । उनीहरु आफ्ना योजना र सपनाहरु भत्कने त्रासमा एक खालको राजनीतिक रुवाबासीमा छन । अर्को तर्फ बिशाल, सुदृढ र गतिशिल एमालेको सपना देख्नेहरु पार्टी अध्यक्ष ओलीको यो अपिलबाट निकै उत्साही देखिनु स्वभाबिक छ । एकिकृत एमालेको छहारीमा सुरक्षित राजनीतिक भबिश्य र नेपालको आर्थिक सामाजिक रुपान्तरणको नेतृत्व खोजिरहेका नेता कार्यकर्ताहरुमा नयाँ आँट, हौसला र जागरण पैदा गरेको छ यो अपिलले । गुटबन्दि र आग्रहको चिन्तन नबोकेर एकताको भावनालाई आत्मसात गर्दै अगाडि बढ्न सबै एमाले जनमा भरोसाको धरोहर उठाएको छ पार्टी अध्यक्षको यो कदमले ।

आफ्नो साँगुरो दृष्टिकोण र राजनीतिक अनुभवका आधारमा अरुको असल नियतमाथि शंका गर्ने कस्तो खालकको राजनीतिक चरित्र हो ? यसरी पार्टी अध्यक्षले गरेको एकताको अपिल माथि अतिक्रमण गरेर कसको इसरा र भरोसामा अगाडी हिडिरहनु भएको छ कम्रेडहरु ? एकताको अपिललाई एकता बिरोधी भनेर परिभाषित गर्दै एमालेमा एकता कि बिखण्डन खोज्दै हुनुहुन्छ ? एकताको बिरोध गरेर एकताको खोजि गर्नु राजनीतिक बचकनापनको नमुना प्रदर्शन हो ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीका तर्फबाट पार्टी एकताका लागि अपिल सार्बजनिक भए लगत्तै बिभिन्न दृष्टिकोणबाट प्रतिक्रियाहरु छताछुल्ल भए । एमाले नेता कार्यकर्ता मात्र होइन सामाजिक जीवनका सबै क्षेत्रबाट प्रतिक्रियाहरु आए । तर हिजोदेखि पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई चौतर्फि घेराबन्दिमा बाँधेर राख्न खोज्ने मान्यता बोकेकाहरुले भने पार्टी एकताको यो महान अपिलमाथि अतिक्रमण गर्न थालेका छन । एकताको अपिललाई मनोगत रुपमा राजनीतिक चालबाजी, षडयन्त्र र एकता बिरोधी परिभाषित गरेर तल्लो स्तरको राजनीति चरित्र प्रदर्शन गर्ने काम भएको छ । उच्च राजनीतिक नेतृत्वमा रहेका पात्रहरुको यस्तो प्रबृतिको प्रदर्शनले नेता र नेतृत्व प्रति निर्माण भएको जनबिश्वास र भरोसालाई नै खण्डित गर्ने काम भएको छ । आफ्नो साँगुरो दृष्टिकोण र राजनीतिक अनुभवका आधारमा अरुको असल नियतमाथि शंका गर्ने कस्तो खालकको राजनीतिक चरित्र हो ? यसरी पार्टी अध्यक्षले गरेको एकताको अपिल माथि अतिक्रमण गरेर कसको इसरा र भरोसामा अगाडी हिडिरहनु भएको छ कम्रेडहरु ? एकताको अपिललाई एकता बिरोधी भनेर परिभाषित गर्दै एमालेमा एकता कि बिखण्डन खोज्दै हुनुहुन्छ ? एकताको बिरोध गरेर एकताको खोजि गर्नु राजनीतिक बचकनापनको नमुना प्रदर्शन हो ।

अहिलेको आबश्यकता भनेको पार्टीलाइ एकिकृत र गतिशिल बनाएर राष्ट्रियताको पहरेदार, जनताको भरोसा योग्य, लोकतन्त्र नतृत्वकर्ता र कम्युनिष्ट आन्दोलनको मुल प्रबाह बनाउनु हो । एकताबद्ध एमाले मुलुको आबश्यता हो । एमालेको बिखण्डनले मुलुकको राष्ट्रियता कमजोर हुुन्छ । यहि राष्ट्रिय कार्यभार पुरा गर्नका लागि पार्टी अध्यक्षले ब्याग गेयर लगाउनु भएको हो । यहि ब्याग गेयरबाट नै फेरी नेकपा एमालले नयाँ राजनीतिक मोड लिने हो । 

अध्यक्षको अपिललाई एकता बिरोधी देख्नेहरु किमार्थ एकताबद्ध एमाले पक्षमा छैनन् भन्ने बादलपछिको घाम जस्तै छर्लङ्ग भएको छ अब । पार्टी प्रमुखको हुर्मत लिएर बिखण्डनको बाटो रोज्ने राजनीतिक रहरको ढोका कसरी खुलको छ । तपाइहरुको क्रियाकलापबाट सैद्धान्तिक र राजनीतिक रुपमा एमाले बिरोधीहरु खुसि हुनु पर्ने अनि एमाले जनहरुले मन दुखाउनु पर्ने किन ? एमालेका नाममा एमाले बिखण्डन गर्ने मनोदशा बोकेर काँग्रेस, माओबादीका लागि राजनीति रमिता सिर्जना किन गरिदै छ ? पार्टी एकताका लागि गरिएको यो महान अपिलसंगै प्रतिपक्षि र प्रतिस्पर्धिहरुमा त्रास सिर्जना गरेको छ । यस्तो बेला उनीहरुको मनोवल उठाउन एकताको अपिलमाथि अतिक्रमणको अग्रमोर्चामा एमाले नेताहरु नै देखिनु दुः खद कुरा हो । यस्ता हर्कतहरु राजनीतिक र नैतिक दृष्टिकोणले तिरस्कार योग्य र खेदजनक छन । पेरिसडाँडाको सल्लाह र बुढानिलकण्ठको भरोसामा कसरी एमाले एकताबद्ध बनाउन सकिला । बाबुरामको हौसलामा उपेन्द्रको लठ्ठी टेकेर एमाले बलियो बनाउने सपना कसरी सार्थक हुन्छ ? राजनीतिक नैतिकताको बलत्कार गरेर बिधि र पद्दतिको कुरा गर्नेहरुले नै एकताको अपिलमाथि अतिक्रमण गरेर कहाँ जान खोजेको हो ? आम एमाले जनले यसको उत्तर खोजिरहेका छन । साचो अर्थमा पार्टी अध्यक्षले गरेको एकताको अपिलले कतै एकता बिरोधीहरुलाइ थप अप्ठेरो परेको त होइन ? किन ? पेरिसडाँडाको सल्लाह र बुढानिलकण्ठको भरोसा खोजि हुदैछ यसरी । अनि राजनीतिक घुमन्तेको उपमा पाएका बाबुरामको हौसला र क्षेत्रिय स्वार्थमा रमाउने उपेन्द्रको साथ किन खोजिदैछ ? अहिलेको आबश्यकता भनेको पार्टीलाइ एकिकृत र गतिशिल बनाएर राष्ट्रियताको पहरेदार, जनताको भरोसा योग्य, लोकतन्त्र नतृत्वकर्ता र कम्युनिष्ट आन्दोलनको मुल प्रबाह बनाउनु हो । एकताबद्ध एमाले मुलुको आबश्यता हो । एमालेको बिखण्डनले मुलुकको राष्ट्रियता कमजोर हुुन्छ । यहि राष्ट्रिय कार्यभार पुरा गर्नका लागि पार्टी अध्यक्षले ब्याग गेयर लगाउनु भएको हो । यहि ब्याग गेयरबाट नै फेरी नेकपा एमालले नयाँ राजनीतिक मोड लिने हो । यस्तो मोडमा उभिएर एकताको गाडी रोक्न अबरोध गर्नेहरुलाई एमाले बन्ने अधिकार बाँकी होला अब ? इतिहासको लिलाम गरेर पश्चातापको डडेलोमा डामिने प्रयास हो एकताको अपिलमाथिको अतिक्रण ।

तर एमालेबाट अलग भएर कम्युनिष्ट आन्दोलनलाई एकिकृत गर्छु भन्ने सपना बिखण्डनको बाटो हुदै बिसर्जनको गन्तब्यमा पुग्नु शिवाय अरु हुन सक्दैन । यस्तो सपना देख्नेहरुबाट नै एकताको अपिलमाथि अतिक्रमण भएको प्रष्ट छ । राजनीतिक मर्ययादा मिचेर औकातभन्दा सयौं मायल पर पुग्ने कुचेष्टारुले इतिहास लज्जित भएको छ । २०७४ सालको स्थानीय, प्रादेशिक र संघिय निर्बाचनमा नेकपा एमाले मुलुकको पहिलो शक्तिका रुपमा उदायो । त्यहिबेलादेखि एमाले प्रतिको जन बिश्वासलाई खण्डित गर्न देशि बिदेशि शक्ति केन्द्रहरु जुटेका हुन । कतै तिनै शक्तिकेन्द्रहरुको निर्देशनमा त अहिले एकतकाा अपिलमाथि अतिक्रमण भइरहेको छैन ? आज जसरी आफुले निर्माण गरेको इतिहास, बोकेको आस्था र लिएको उद्देश्यमाथि धावा बोल्ने कोेशिष हुदै छ, यसको वास्तबिक अन्तर्य के ? आज अनुमान र अड्कलहरु अनगन्ति हुन सक्छन । यथार्थमा एमालेको बिखण्डन नै एकता अपिलमाथिको अतिक्रमणको राजनीतिक उद्देश्य हो । यसको भण्डाफोर, भ्रत्सना, प्रतिरोध र प्रतिबाद गर्नु एमाले जनहरुको कर्तब्य हो । यो युगिन कर्तब्य पुरा गर्न सके मात्रै एकिकृत र गतिशिल एमालेमा हामी सबैको सुन्दर भविश्य सुरक्षित हुने छ ।


ताजा समाचार