Loading... आजः बुधबार, असार ९, २०७८

साधारण सदस्य नभएको ब्यक्तिले एमालेको नाममा बिज्ञप्ति निकाल्नु हास्यास्पद : अध्यक्ष बोगटी

जाजरकोट : नेपाल कम्युनिष्ट पार्टी एमाले कर्णली प्रदेश कमिटी अध्यक्ष गोरख बोगटीले एमालेको साधारण सदस्य नभएको ब्यक्तिलले एमालेको नाममा बिज्ञप्ति निकाल्नु हास्यास्पद भएको बताएका छन । पार्टीले साधारण सदस्यबाट निष्काशित गरेको ब्यक्तिले एमालेको नाममा बिज्ञप्ति जारी गर्नु अशोभनिय र लज्जाजनक भएको बताएका हुन ।

मंगबार एक बिज्ञप्ति जारी गर्दै अध्यक्ष बोगटीले एमालेबाट निष्काशित सल्यानका प्रकाश ज्वालाले एमालेको नाममा बिज्ञप्ति जारी गरेर अराजनीतिक चरित्र पर्दशन गरेको उल्लेख गरेका छन । कर्णाली प्रदेशमा बिपक्षी गठबन्धनले सरकारका बिरुद्ध जारी गरेको बिज्ञप्तिमा ज्वालाले एमाले कर्णाली प्रदेश संयोजको नामबाट हस्ताक्षर गरेका थिए । संघिय सरकारले लोकपृय बजेट सार्बजनिक गरेसंगै अत्तालिएर बिपक्षी गठबन्धनले कर्णालीमा सरकारको बिरोध गर्नका लागि हास्यास्पद रुपमा बज्ञप्ति जारी गरेको अध्यक्ष बोगटीले उल्लेख  गरेका छन् ।

बर्तमान सरकार देशको सम्बृद्धि, जनताको जीवन रक्षा र राष्ट्रियताको सुरक्षामा लागेको छ । सरकारका राष्ट्रबादी , जनपृय र विकास प्रेमि काम देखेर काँग्रेस माओबादी अत्तालिएको बोगटीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ । राजनीतिक स्थायीत्व, सामाजिक न्याय, आर्थिक आत्मनिर्भता निर्माणका लागि लागेको बर्तमान सरकार र त्यसको नेतृत्व गरेको एमाले पार्टीका बिरुद्ध चौतर्फि रुपमा आक्रमण भइरहेको बेला त्यसको सहयोगिका रुपमा ज्वाला प्रबृतिका पात्रहरु अहिले पनि एमालेको नाममा बिपक्षी गठबन्धनमा सहभागि हुने कुरा जनता र पार्टीको हित बिपरित रहेको बज्ञप्तिमा उल्लेख गरिएको छ । यस्ता अराजक र अबशरबादी पात्र र प्रबृतिको भण्डाफोर गर्न बिज्ञप्ति मार्फत अपिल गरिएको छ ।

पार्टीले साधारण सदस्य र प्रदेशसभा सदस्यबाट निष्काशित गरेका ज्वालाले एमालेको नामबाट गर्ने कुनै पनि काम कारबाहीको भ्रममा नपर्न सबैमा अपिल अध्यक्ष बोगटीले गरेका छन ।

कर्णाली प्रदेशमा पार्टीका बिरुद्धमा अनेक खालका षडयन्त्रहरु ज्वालाको अगुवाईमा हुदै आएको छ । पार्टीको निर्देशन र संसदीय दलको ह्रीप उलंघन गरी माओबादी नेतृत्वको प्रदेश सरकार बचाउन ज्वालाको नेतृत्वको गैरसंसदीय काम कर्णालीमा भएको थियो । अहिले अन्य पार्टी बिरोधी क्रियाकलाप समेत ज्वालाले संचालन गर्दै आएका छन । यस्तो पार्टी बिरोधी गतिबिधिमा संलग्न ज्वालाले पार्टीको नामबाट गर्ने कुनै पनि काममा एमालेको स्वामित्व र अपनत्व नहुने अध्यक्ष बोगटीले बताएका छन ।


ताजा समाचार