Loading... आजः शनिबार, कार्तिक ६, २०७८

बारेकोटको गाउँ गाउँमा कोरोना परिक्षण 

जाजरकोट : बारेकोट गाउँपालिकाको गाउँ गाउँमा कोरोनाको परिक्षण गर्न थालिएको छ । संक्रमण देखिएपछि गाउँ गाउँमा परिक्षण शुरु गरिएको हो । संक्रमण थप फैलन नदिन र संक्रमितहरुको पहिचान गरी उपचार तथा परामर्सका लागि परिक्षण थाललिएको छ ।

गाउँपालिका अध्यक्षको नेतृत्वमा स्वास्थ्यकर्मीको टोलीले गाउँ गाउँमा एन्टिजेन परिक्षण गर्ने गरेको छ । आइतबारसम्म वडा नं १,२,६,७,८,९ मा परिक्षण  सकिएको छ । अहिलेसम्म बारेकोटमा   जना ८५ संक्रमित देखिएका छन ।

संक्रमित मध्य ४३ जना संस्थागत आइसुलेशन र ४२ जना होम आइसुलेशनमा बसेकाछन । अब ३ दिनमा बाँकी ३ वडामा परिक्षण गरिने गाउँपालिकाको  स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

सबै वडामा सकेर पछि आबश्यकतामा परिक्षणको दायरा बढाउने तयारी स्वास्थ्य शाखाले गरेको छ ।

त्यस्तै हरेक दिन दिउसो ३ बजे प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा पनि कोरोना परिक्षणको ब्यबस्था पालिकाले मिलाएको छ । परिक्षणमा कोरोना पोजिटिभ देखिएहरुलाई स्वास्थ्य अबस्था हेरी उपचारको ब्यबस्था गर्ने गरिएको छ ।

त्यस्तै होम आइसुलेशनमा बस्नु पर्नेलाई परामर्स दिएर पठाउने गरिएको पालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए ।

उनीहरुलाई घरमा बस्दा अपाउनु पर्ने सावधानि र नियमित औषधि प्रयोग बारे सल्लाह दिएर पठाइने अध्यक्ष शाहको भनाई छ । त्यस्तै बिरामीहरुलाई समाजिक सम्पर्कमा नजान नियमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेर स्वास्थ्य अबस्थाबारे जानकारी लिन सुझाब दिने गरिएको छ ।

संक्रमण रोकथाम तथा संक्रमितको उपचारको लागि पालिकाले सके जतिको ब्यबस्था गरेको छ । अहिले ३४ बेडको आइसुलेशन सेन्टर तयार गरिएको पालिका अध्यक्ष शाहले जानकारी दिएका छन ।

बीरेन्द्र ऐश्वर्य माद्यमिक बिद्यालयको भवनमा आइसुलेशन सेन्टर संचालन गरिएको छ । प्राथकि स्वास्थ्य केन्द्र लिम्सामा २ बेड अक्सिजन सहितको ब्यबस्था मिलाइएको नगर स्वास्थ्य शाखा प्रमुख बीरराज सिंहले जानकारी दिएका छन ।

गाउँ गाउँमा कोरोनाको संक्रमण देखिएपछि गाउँ पालिकाले सबैलाई सुरक्षित बस्न उच्च साबधानि अपनाउन अनुरोध गरेको छ । टोल टोलमा पुगेर स्थानीयलाई कोरोनाबाट सुरक्षित रहन अपिल गरेको अध्यक्ष शाहले बताए । खानपिन, आनिबानि र रहनसहनमा बिशेष ख्याल गर्न गाउँपालिकाले सबैमा अनुरोध गरेको छ ।


ताजा समाचार