Loading... आजः बुधबार, असार ९, २०७८

जाजरकोटका अस्पतालमा छैन अक्सिजन प्लान्ट र भेल्टिलेटर सुबिधा

कोरोना संक्रमितको उपचारमा समस्या


जाजरकोट : जिल्ला अस्पताला जाजरकोटमा अहिले कोभिड आइसुलेसन सेन्टर संचालन गरिएको छ । जिल्लामा कोरोनाको संक्रमण बढेपछि अस्पतालमा २२ बेडको आइसुलेसन सेन्टर संचालन गरिएको हो ।

आइसुलेशन सेन्टर संचालन गरे पनि अक्सिजन प्लान्ट छैन । अक्सिजन प्लान्ट नहुदा कोरोना संक्रमित बिरामीको उपचारमा समस्या हुने गरेको छ । आर्थिक बर्ष २०७७/०७८ मा प्रदेश सरकारले कर्णालीका सबै जिलला अस्पतालमा अक्सिजन प्लानट जडान गर्न बजेटको ब्यबस्था गरेको हो । जिल्ला स्वास्थ्य सेवा कार्यालय जाजरकोटले समयमा टेन्डर नगर्दा अक्सिजन प्लान्ट जडान ढिलाइ भएको छ ।

कार्यालयले चैतको अन्तिम साता मात्रै टेन्डर गर्याे । अहिले अक्सिजन प्लान्ट जडानको जिम्मा नेप्टिक मेडिकल सप्लायर्स काठमान्डौले लिएको छ । सम्झौता समयभित्र कामम पुरा गर्ने नेप्टिकका प्रोपाइटर नरबहादुर लिम्बुले बताए । जेठ १५ सम्म काम सम्पन्न गर्नु पर्ने सम्झौता गरिएको छ ।

कार्यालयको ढिला सुस्तीले गर्दा यस्तो बिपत्तिको बेला कोरोनाका बिरामीले अक्सिजन नपाउने समस्या भएको छ । अहिले नेपालगन्जबाट अक्सिजन भेरेर ल्याउने गरिएको छ । समयमा अक्सिजन नपुग्दा बिरामीले निकै शास्ती खेप्नु परेको छ । कामको जिम्मा लिएको कम्पनीलाई काम छिटो गर्न ताकेता गरेको कार्यालयका निमित्त प्रमुख टिकाराज जैशी बताउन ।

त्यस्तै अस्पतालमा एक बर्षदेखि भेल्टिलेटरका उपकरण प्रयोग बिहिन अबस्थामा थन्किएका छन । उपकरण भए पनि जिल्लाका एक मात्र भेन्टिलेटर सुबिधा बन्द छ । अहिले जिल्लामा भेन्टिलेटरमा राख्नु पर्ने अबस्थाका बिरामीलाई सुर्खेत, नेपालगन्ज पठाउने गरिएको छ । अक्सिजन र भेन्टिलेटर सुविधाको अभाबमा जाजरकोटबाट नेपाल गन्ज रिफर गरिएकी एक कोरोना संक्रमित महिलाको बाटो मै मित्यु भयो । तर पनि जिल्लाका जनप्रतिनिधि र सरोकारवाला निकायले भेन्टिलेटर संचालन तर्फ कुनै चासो देखाएका छैनन ।

अस्पतालमा एनेसथेसियोलोजिष्ट र तालिम प्राप्त नर्सिङ्ग स्टाफ जनशक्तिको अभाबमा भेन्टिलेटर संचालन गर्न नसकिएको निमित्त कार्यालय प्रमुख जैशीको भनाई छ । २४ घण्टा बिद्युत आपुर्ति नहुने र अक्सिजनको फ्लो धेरै चाहिने हुदा पनि भेन्टिलेटर संचालनमा समस्या परेको छ । यस्तो बेला पनि कोभिड आइसुलेशन संचालन गरिएको अस्पतालमा अक्सिजन प्लान्ट जडान र भेन्टिलेर संचालनमा यहाँका नेताहरुले कुनै चासो नदिनु दुखद भएको जिल्लाबासीको गुनासो छ ।


ताजा समाचार