Loading... आजः शुक्रबार, साउन ८, २०७८

जुनीचाँदे गाउँपालिकामा स्वास्थय सामाग्री,अक्सिजन सिलिन्डर

जाजरकाेट,७ जेठ ।  जुनिचाँदे गाउँपालिकाले काेराेना भाइरस काेिभड १९ लाइ मध्यनजर गरी स्वास्थ्य सामाग्री सहित अक्सिजन सिलिन्डरकाे ब्यवस्थापन गरेकाे छ । गाउँपालिका भित्रका नागिरकहरूकाे स्वास्थ्यलाइ मध्यनजर गर्दै सम्पूर्ण स्वास्थय संस्थाहरूका पुग्ने अाैषधी गाउँपालिकामा रहेकाे स्वास्थ्य संयाेजक प्रेम बहादुर शाहीले बताए ।

गाउँपालिका भित्र भाइरल जराेका कारण स्थानीय सरकार बेखबर भन्ने टिप्पणि प्रति गाउँपालिकाकाे गम्भिर ध्यानाकर्षण भएकाे गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दिपक कुमार शाहीले बताए । गाउँपालिका भित्रका स्वास्थय संस्थाहरूमा पुग्ने अाैषधि प्राप्त छ । यस्तै गाउँपालिका सानाखाेला र गर्खाकाेटमा काेराेना बिशेष अस्पताल समेत सञ्चालनमा ल्याइएकाे उनकाे भनाइ छ ।

No photo description available.

गाउँपालिकामा अापतकालिन बिरामिकाे लागि गाउँपालिकाले अक्सिजन सिलिन्डरकाे समेत ब्यवस्थापन गरेकाे उनले बताए । गाउँपालिका लागि अावश्यक पर्ने अक्सिजन सिलिन्डर थप ल्याउनका लागि बिभिन्न तह संग समन्वय जारि रहेकाे कार्यवहाक अध्यक्ष शिवा अाचार्य बस्नेतले बताइ ।

May be an image of standing, outdoors and tree

गाउँपालिका भित्रका नागरिकलाइ कसरी काेराेना भाइरसबाट बचाउने भन्नेमा गाउँपालिका लागि परेकाे उनकाे भनाइ छ । गाउँपालिकाले काेराेना राेक्थामकाे लागि २० लाखकाे काेषा स्थापना गरि काम जारी रहेकाे कार्यवहाक अध्यक्ष अाचार्यले बताइन । गाउँपालिका भित्रका ११ अाेटै वडाहरूमा स्वास्थ्यकर्मीहरू परिचालन गरिएकाे छ ।

 


ताजा समाचार