Loading... आजः शुक्रबार, कार्तिक ५, २०७८

जाजरकोटका बस्ति स्तरमा फैलियो कोरोना, थप एकको मृत्यु

रेशम बहादुर खड्का । जाजरकोटमा जाजरकाेटमा थप एक जनाकाे मृत्यु  भएकाे छ । मंगलवार कोरोना संक्रमणका कारण एक बृद्धको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय जाजरकाेटले जनाएकाे छ । भेरी नगरपालिका ७ दोकानका ६८ बर्षिय पुरुष दिउसाे ३ बजे मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय जाजरकाेटका फकल प्रसन कृष्ण खत्रीले बताए । काेराेना अस्पताल जाजरकाेटमा उपचारको क्रममा उनको मृत्यु भएको खत्होरीले बताए ।  शनिबारमात्र मृतक बिरामिलाइ काेराेना अस्पताल जाजरकाेटमा ल्याएर उपचार थालिएको थियो । अक्सिजन दिएर उपचार गरिएपनि बचाउन नसकिएको खत्रीले बताए । अहिलेसम्म जाजरकाेट जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सख्या ३ पुगेको छ । जाजरकोट जिल्लाका ग्रामिण क्षेत्रमा कोरोना संक्रमण फैलिएको छ । पहिलो लहरले सदरमुकाम सिमित रहेपनि दोश्रो लहर बस्ती स्तरमा फैलिएको छ । जिल्लाका सातै स्थानीय तहमाका बस्ती स्तरमा भाइरस फैलिए पछि जनप्रतिनिधिलाइ नियन्त्रण ठुलो चुनौती बनेको छ ।

जाजरकोट जिल्लामा पहिलोपट भेरी नगरपालिका ७ का १ पुरुषमा कोरोना भाइरस पुष्टी भएको थियो । जिल्लामा हाल सम्म  पिसिअार बिधिबाट गरिएकाे परिक्षणबाट ४ सय ४७ जना र एन्टिजेन बिधिबाट ४ सय ५० जना संक्रमीत भएका छन । सरकारले पहाडि जिल्लामा २ सय सकृय संक्रमीत भए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारिगर्न पाउने निर्णय गरेको थियो । जिल्लामा ४ सय २ जना सकृय संक्रमति रहेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका कोरोना सम्पर्क ब्यक्ति कृष्ण खत्रीले जानकारी दिए । जिल्लामा जेठ ३ गते सम्मको प्रतिबेनद अनुसार ४ सय ४१ जना सक्रिय संक्रमितहरुको उपचार भैरहेको छ । जिल्लामा पिसिआर बिधिबाट कुल ६ हजार ७ सय ६ जनाको स्वाब परिक्षण गरिएको छ ।


जसमा २ सय ९१ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । २ सय ६ जना उपचार पछि घर फकिएका छन । उक्त बिधिबाट परिक्षण गरिएका स्वाबहरु मध्य २सय २२ जना सकृय संक्रमीत रहेका छन । उनिहरु यतिबेला होम आईसोलेसन,कोरोना अस्पताल जाजरकोटमा उपचार जारि छ । यस्तै एन्टिजेन तर्फ जिल्लामा हाल सम्म १३ सय २६ किट परिक्षण गरिएको छ ।
परिक्षणमा ४ सय ३५ जनामा कोरोना भाइरस पुष्टी भएको थियो । सकृय स्रक्रमीतहरु उपचार पछि २ सय ६ जना निको भएर घर फकिएका छन । ५ सय ४१ जना सकृय संक्रमीत रहेको सम्पर्क ब्यक्ति खत्रीले बताए ।  प्रशासनको अनुमति बिना पुँजा, विवाह लागयतका कार्यहरुले पनि कोरोना फैलिएको स्थानीयको आरोप छ । जिल्लाको सबैभन्दा भेरै नगरपालिकामा कोरोना भाइरस तिब्र गतिमा बढेको छ ।
भेरी नगरपालिकाले पिसिआर बिधिबाट गरेको परिषणबाट २ सय ८५ जनामा कोरोना पुष्टी भएको थियो ।

जसमा १ सय २० जना सकृय संक्रमीत रहेको भेरी नगरपालिका स्वास्थय शाखाले जनाएको छ । यस्तै नगरपालिकाले गरेको एन्टिजेन बिधिबाट ४ सय ७६ जनाको परिक्षण गरिएको थियो । परिक्षणबाट १ सय ७५ जनामा कोरोना पुष्टी भएको नगरपालिकाले जनाएको छ । जिल्लाका विभिन्न गाँउमा ज्वरो, रुघाका विरामीहरु बढिरहेको स्वास्थ्य सेवा कायर्कालय जाजरकोटले जनाएको छ ।

पछिल्लो दिनमा कोरोना संक्रमितको संख्या ह्वातै बढेर गएको छ । मंगलवार मात्र जिल्ला १ सय ७१  जना संक्रमीत थपिएका छन । गाँउमा पर्याप्त सचेतना नहुँदा यो फलैने क्रम बढ्दै गएको छ । संक्रमीतले जिल्ला कोभिड अस्पताल जाजरकोटका सबै बेड भरीएको छ ।

गाँउमा बनाईएका अस्थायी कोभिड अस्पतालमा स्वास्थ्यकर्मीहरुको समस्या छ । गम्भीर बिरामी भएकालाई उपचारका लागि सुर्खेत,नेपालगञ्ज लिनुपर्ने बाध्यता छ । अक्सिजनसहित पूर्वाधार ब्यवस्थापनको प्रयास जारि रहेको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले बताए । जिल्लामा कोभिड अस्पताल १ ओटा,आईसोलेसन बोड१ सय ३ ओटा,आइ.सि.यू कक्ष ३ ओटा,भेन्टीलेटर कक्ष १ ओटा,अक्सिजन सिलिन्डर ७५ थान,एच.डि.यू.बेड संख्या १ थान,अक्सिजन सहितका आईसोलेसन बेड ३३ वटा,साधारण आईसोलेसन बेड ७० ओटा ब्यवस्थापन भएको प्रजिअ देवकोटाले जानकारी दिए । कोराना भाईरसको संक्रमण फैलिदै गएपछि डिसिसिएमसिको बैठले दुई साता निषेधाज्ञा थप गरेको छ । पहिलोचरणमा एकसातालाई निषेधाज्ञा गरीएको थियो । जिल्लामा परिक्षणका लागि एन्टिजेनको अभाव रहेको स्वास्थ्यकर्मीको गुनासो छ ।


ताजा समाचार